१० भदौ २०८३, बुधबार | August 26, 2026

नेपाली महिला फुटबल टोलीका मुख्य प्रशिक्षक वाइल्डले दिए राजीनामा



काठमाडौं । नेपाली महिला फुटबल टोलीका मुख्य प्रशिक्षक प्याट्रिक डे वाइल्डले पदबाट राजीनामा दिएका छन् । उनले अखिल नेपाल फुटबल संघ एन्फा समक्ष राजीनामा दिएका हुन् । उनको राजीनामा केही दिनअघि आइपुगेको एन्फा स्रोतले जनाएको हो ।

उज्वेकिस्तानमा एसियन कप छनोटका क्रममा एन्फासँग विवाद हुँदा प्रशिक्षक प्याट्रिक नेपाल फर्किएका थिएनन् । उनले एक अन्तर्वार्तामा एन्फासहित सहायक प्रशिक्षक तथा व्यवस्थापकलाई विभिन्न आरोप लगाएका थिए ।

हेड अफ डेलिगेट्स सरिला श्रेष्ठ, व्यवस्थापक विन्द्रा देवान र सहायक प्रशिक्षक राजेन्द्र तामाङसहितका टोलीको पत्रकार सम्मेलन गर्दै प्याट्रिकको आरोपलाई खण्डन गरेका थिए ।

प्रो लाइसन्स प्राप्त प्रशिक्षक प्याट्रिक गत जेठ २२ गते नेपाली राष्ट्रिय महिला फुटबल टिमको मुख्य प्रशिक्षक नियुक्त भएका थिए । एक वर्षका लागि नियुक्त भएपनि विवादका कारण प्याट्रिकले एक महिनामै राजीनामा दिए ।

प्रकाशित मिति : ४ श्रावण २०८२, आइतबार  ८ : ५९ बजे

भारत, चीन र विश्व बैंकले सोधे – कस्तो सहयोग कहाँ पठाऊँ ?

काठमाडौँ । विपदग्रस्त नेपालका बाढीप्रभावितको उद्धार र पुनर्निर्माणका लागि आर्थिक

भोटेकोशी बाढी : उद्धार गरी ल्याएका १३ जनाको काठमाडौंंमा उपचार हुँदै

काठमाडौं । रसुवामा आज बिहान गएको बाढीमा परी घाइते भएका

पार्टीका सबै कार्यक्रम रोकेर राहत र उद्धारमा केन्द्रित हुने कांग्रेसको निर्णय

ललितपुर । नेपाली कांग्रेसले पार्टीका सबै कार्यक्रम रोकेर राहत र

संसदलाई सरकारको जवाफ – हिमपहिरोपछि भोटेकोशीमा बाढी आयो

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको ठूलो बाढीका

विपद्मा सरकार र दल एकढिक्का भएर उद्धारमा जुट्न रवि लामिछानेको आह्वान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले प्राकृतिक