३२ असार २०८३, बिहिबार | July 16, 2026

एमाले अध्यक्ष ओली र पूर्वराष्ट्रपति भण्डारीबीच भेटवार्ता हुँदै



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र हालैमात्र एमालेको राजनीतिमा फर्किएको घोषणा गरेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच आज भेटवार्ता हुनेभएको छ ।

यौटै पार्टीका नेताहरुबीचको भेटवार्ताको खासै महत्व नहुने भए पनि भण्डारीको एमालेमा फिर्ती र त्यसबाट एमालेभित्र देखिएको कित्ताकाटका कारण यो भेटलाई महत्वपूर्ण मानिएको छ ।

भण्डारीले एमालेको भावी अध्यक्ष बन्ने गरी आफुले पार्टी सदस्यता नविकरण गरिससकेको बताएकी थिइन । तर भण्डारीलाई आफ्नो आगामी बाटोको काँडा सम्झिएका ओलीले पार्टीको पोलिटब्यूरो बैठकमा सदस्यता नवीकरण नभएको बताएका थिए ।

ओली र उनी निकटनेताहरुले भण्डारी राष्ट्रपति भएका कारण पार्टी राजनीतिमा फर्किन नहुने तर्क गर्दै आएका छन् । भण्डारीलाई समर्थन गर्ने समुहले भने राजनीतिमा फर्किन संविधानिक छेकबार नभएको र उनको सदस्यता नवीकरण भैसकेको दाबी गरेका छन् ।

भण्डारीलाई एमालेको अध्यक्ष बन्न नदिनैका लागि आगामी पार्टी विधान महाधिवेशनमा प्रतिनिधि नबनाउने गरी एमाले सचिवालय र पोलिटब्यूरोले निर्णय गरिसकेको छ । उनको पार्टी सदस्यता नै हाल पेन्डिङमा राखिएको छ ।

भण्डारीको राजनीतिक यात्राबारे सचिवालय र पोलिटब्यूरोमा नेताहरु दुई धु्रवमा देखिएपछि अध्यक्ष ओलीले उनीसँग कुरा गरेर टुंग्याउने बताएका थिए । त्यसैको आधारमा दुई नेताबीच आज भेट हुन लागेको हो ।

प्रकाशित मिति : ४ श्रावण २०८२, आइतबार  १२ : ४१ बजे

मुस्ताङको लेतेमा भन्सार छलीका अवैध सामान बरामद

मुस्ताङ । मुस्ताङ प्रहरीले भन्सार छली गरी पोखरातर्फ लैजाँदै गरिएको

आठ करोडको लगानीमा चिया उद्योग सञ्चालन : अर्गानिक अर्थोडक्स’ अन्तरराष्ट्रिय बजारमा

इलाम । इलामको जस्बिरे चिया प्रशोधन उद्योगले पछिल्लो समय आफ्नो

रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती

लमजुङ । लमजुङका धेरै ग्रामीण बस्ती अहिले सुनसान बन्दै गएका

म्याग्दीका वनमा ‘रिचार्ज’ पोखरी

म्याग्दी । यस वर्ष म्याग्दीका छ वटा सामुदायिक वनमा ‘रिचार्ज’

नवलपुरमा आधुनिक सदरमुकाम निर्माण हुँदै

नवलपुर । देशकै कान्छो जिल्ला नवलपुरमा निर्माणाधीन नमूना जिल्ला सदरमुकामको