१३ भदौ २०८३, शनिबार | August 29, 2026

खडेरीले सुकायो कलधारा, ट्यङ्करबाट राहत



सिरहा । लहान नगरपालिका-१ र २ मा पर्ने मटियर्वा र मिलन चोक क्षेत्रका मुसहर बस्तीमा खडेरीका कारण खानेपानीको सङ्कट चुलिँदै गएको छ । भूमिगत पानीको सतह घट्दै जाँदा हाते कलधारा सुक्न थालेपछि दर्जनौँ परिवार पिउने पानीको अभावमा परेका हुन् ।

खानेपानीको समस्या समाधान गर्न युवाको सक्रियतामा डिभिजन वन कार्यालय लहानसँग समन्वय गरी ट्याङ्करमार्फत पानी वितरण गरिएको छ । शुक्रबार र शनिबार दुई दिनमा करिब १० हजार लिटर पानी बस्तीमा पुर्‍याइएको स्थानीय युवा ओमप्रकाश यादवले जानकारी दिए ।

उनले भने, “स्थानीय मुसहर बस्तीका बासिन्दाको पानीको अभावमा दैनिकी कष्टकर बन्दै गएको थियो । सरकारी योजना पर्खेर बस्नुभन्दा पहिले हामी आफैंँबाट पहल गर्न जरुरी लागेर ट्याङ्करको व्यवस्था गरेका हौँ ।” उनका अनुसार आज पनि बस्तीमा ट्याङ्करबाट खानेपानी वितरण गरिने छ ।

डिभिजन वन कार्यालयका सूचना अधिकारी राधेश्याम चौधरीका अनुसार विभागसँग पानी वितरणका लागि छुट्टै बजेट नहुँदा युवाको सक्रियता र बस्तीको आवश्यकता देखेर तत्काल राहतस्वरूप पानी पुर्‍याइएको हो । उनले भने, “हामीसँग यस्ता राहतका लागि छुट्टै बजेट छैन, तर यहाँका युवाको पहल र स्थानीय आवश्यकताका आधारमा विपन्न दलित बस्तीमा पानी पु¥याइएको हो । आवश्यक परे अन्य क्षेत्रमा पनि वितरण गर्नेछौँ ।”

स्थानीय राजनीतिककर्मी बालेश्वर यादवले बस्तीका प्रायः हातेपम्प सुकिसकेकाले समस्या बढ्दै गएको बताए । “ट्याङ्करले तत्काल राहत दिएको छ, तर दीर्घकालीन समाधानबिना यो समस्या बारम्बार दोहोरिनेछ”, उनले भने ।

स्थानीय युवा चन्द्रु यादवले भने, “यो समस्या केवल आजको होइन । भूमिगत पानीको अत्यधिक दोहन, चुरे फँडानी र जलवायु परिवर्तनको असर हो । हामीले गरेको पहलले तत्काललाई राहत दिए पनि दीर्घकालीन समाधानका लागि स्थानीय, प्रदेश र सङ्घीय सरकार सबैको समन्वय आवश्यक छ ।” तीनै तहका सरकारले खानेपानीको समस्या समाधान गर्न दीर्घकालीन योजना बनाएर कार्यान्वयन गर्नुपर्नेमा उनले जोड दिए ।

प्रकाशित मिति : ४ श्रावण २०८२, आइतबार  १२ : ५९ बजे

राष्ट्रपति पौडेलले पठाए चिनियाँ समकक्षीलाई समवेदना सन्देश; भारतीय राष्ट्रपतिप्रति कृतज्ञ

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले चीनको सिजाङ स्वायत्त प्रदेशको केरुङ

त्रिशूली ‘थ्रि-ए’ सुरुङमा फसेकाको उद्धारका लागि ‘ड्रिलिङ’ सुरु

काठमाडौं । नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल र नेपाल

बाढी प्रभावित क्षेत्रमा अन्तर्राष्ट्रिय उद्धार टोली परिचालन गर्न कांग्रेसको माग

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बाढी तथा पहिरो

भोटेकोशी बाढी : मधेस प्रदेशका हराइरहेकामध्ये २२ जना सम्पर्कमा

जनकपुरधाम । रसुवाको भोटेकोशी नदी आएको बाढीपछि हराइरहेका मधेस प्रदेशका

गाईजात्रामा दिवङ्गत आफन्तको सम्झना, झाँकीसहित नगर परिक्रमा

काठमाडौँ । राजधानीका विभिन्न स्थानमा एक वर्षभित्र दिवङ्गत भएका आफन्तको