६ कार्तिक २०८३, शुक्रबार | October 23, 2026

जमिनमा पानी सुकेपछि जङ्गली जनावर जोखिममा



गौर । रौतहट जिल्ला स्थित लाल वकैया नदि लगायत स-साना खोला नाला  शुक्न थालेपछि चौपाया र चारा चुरुङ्गी मर्न थालेका छन ।

करिब दुई महिना आगाडी  देखि लाल बकैया नदि सुकेका छन । पछिल्लो पटक २०८९ साल फाल्गुन महिनामा पानी परेका थिए । त्यस पछि लागातार तापक्रम दैनिक वढोतरी हुँदै आएका छन । हिजो (मंगलबार) रौतहटकोअधिकतम तापक्रम ४४ डिग्री सेल्सिएस रेकर्ड गरिएको थियो ।

तापक्रम बढे संगै पश्चिमी वायुको तेज गतिले समान्य मानिसको जनजिवन लगायत सवै  सजिव प्राणी-वोट विरुवाको साथै वाली नालीमा समेत असर परेको छ । यसै बीच पानी खान नपाएर जिल्लाका देवाही गोनाही नगरपालिका वडा नम्बर २  स्थित एउटा जंगली चौपाया घोड गदहा मृत अवस्था फेला परेको बताइएको छ ।

प्रकृतिक खोला नदि सुकि सकेका कारण जंगली जनावर छाडा पशु पंक्षि पानी खान नपाएर जोखिममा परेको स्थानीयले बताएका छन् । सम्बन्धित निकायलाई कृत्रिम पोखरी स्थापना गरि पशुपक्षीलाई पानी खाने व्यवस्था मिलाउन स्थानीयको माग छ । लाल बकैया नदिको दायाँ बायाँ करिब ५ र५ किलो मिटर दुबै तर्फ दुरीमा निजी तथा  सार्बजनिक पोखरी नरहेका कारण जंगली तथा छाडा चौपायालाई पानी खान समस्या भएको देवाही गोनाही नगरपालिकाका नगर प्रमुख प्रेमलाल साहले बताए ।

पानीको समस्या मधेशमै बढदै गएको बताउदै नगरप्रमुख साहले यस्तै गर्मी रहे प्राय जसो हैण्डपम्प सुक्ने र मानिसलाई पानी खान समेत समस्या हुने बताए । चौपाया तथा  जंगली जनाबर चराचुरुङ्गीलाई आफुले स्थानिय स्तरबाट जन श्रमदान गरि सुकि सकेको  लाल वकैया नदिमा पोखरी खनेर पानी खानका लागि व्यवस्था मिलाउन प्रयास गर्ने पुर्व नगर प्रमुख धर्मेन्द्र पटेलले बताए ।

प्रकाशित मिति : १९ बैशाख २०८१, बुधबार  १० : ०५ बजे

चीनको सिजाङ स्वायत्त क्षेत्रमा ७.० म्याग्निच्युडको भूकम्प

चीन । चीनको सिजाङ स्वायत्त क्षेत्रमा भूकम्पको धक्का महसुस भएको

हानिनोक्सानी कोषबाट नेपाललाई २० मिलियन अमेरिकी डलर अनुदान

काठमाडौँ । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको

पुनःनिर्माणमा बजेटको कमी हुँदैन : मन्त्री लम्साल

म्याग्दी । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले मनसुनजन्य विपद्बाट क्षतिग्रस्त कालीगण्डकी

नेता गौतमको निधनप्रति अध्यक्ष ओलीको श्रद्धाञ्जली

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टीका पूर्वकेन्द्रीय सल्लाहकार परिषद्

मौसमविद् भन्छन् – एकसाता दिनपछि वर्षा हुन सक्छ तर त्रसित नबनौं

काठमाडौं । नेपाल मौसम विज्ञान विभागले आगामी मङ्गरबारदेखि मुलुकको केही