४ पुस २०८२, शुक्रबार | December 19, 2025

ओलीलाई भीम रावलको कटाक्ष : अब सुतेको र बिरामी परेका दिन पनि घटाउने कि ?



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ७० वर्षे उमेर सीमा हटाउने बहसमा दिएको अस्वाभाविक तर्कप्रति कुनै समय सो पार्टीका उपाध्यक्ष रहेका भीम रावलले तीव्र व्यङ्ग्य गरेका छन्।

प्रधानमन्त्री समेत रहेका ओलीले हालैको पार्टी पोलिटब्यूरो बैठकमा ७० वर्षे उमेरहद लागु गर्ने हो भने आफूले जेल बसेको समयलाई सक्रिय राजनीतिक समयबाट घटाउनु पर्ने प्रस्ताव गरेका थिए। यिनै अभिव्यक्तिलाई लिएर रावलले कटाक्ष गर्दै ओलीको तर्कलाई ‘अतृप्त सत्ता र पदको लालसा’को उपज भनेका छन्।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै रावलले लेखेका छन्, “७० वर्षे प्रावधान हटाउने हो भने झ्यालखानामा बसेको समय घटाउनुपर्छ भन्ने कुरा केपीबाट बैठकमा पेस भएछ। के अब निजको राजनीतिमा आउनु अघिको बाल्यकाल, सुतेको समय र बिरामी भएर काम नगरेको अवधिसमेत घटाउन पार्टीमा कार्यदल बनाउने ?”

केपी ओलीसँग लामो समयदेखि आन्तरिक मतभेद राख्दै आएका रावलले उनकै कारण एमाले परित्याग गरिसकेका छन् ।

प्रकाशित मिति : ५ श्रावण २०८२, सोमबार  १० : ५५ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको