१ श्रावण २०८३, शुक्रबार | July 17, 2026

ओलीलाई भीम रावलको कटाक्ष : अब सुतेको र बिरामी परेका दिन पनि घटाउने कि ?



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ७० वर्षे उमेर सीमा हटाउने बहसमा दिएको अस्वाभाविक तर्कप्रति कुनै समय सो पार्टीका उपाध्यक्ष रहेका भीम रावलले तीव्र व्यङ्ग्य गरेका छन्।

प्रधानमन्त्री समेत रहेका ओलीले हालैको पार्टी पोलिटब्यूरो बैठकमा ७० वर्षे उमेरहद लागु गर्ने हो भने आफूले जेल बसेको समयलाई सक्रिय राजनीतिक समयबाट घटाउनु पर्ने प्रस्ताव गरेका थिए। यिनै अभिव्यक्तिलाई लिएर रावलले कटाक्ष गर्दै ओलीको तर्कलाई ‘अतृप्त सत्ता र पदको लालसा’को उपज भनेका छन्।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै रावलले लेखेका छन्, “७० वर्षे प्रावधान हटाउने हो भने झ्यालखानामा बसेको समय घटाउनुपर्छ भन्ने कुरा केपीबाट बैठकमा पेस भएछ। के अब निजको राजनीतिमा आउनु अघिको बाल्यकाल, सुतेको समय र बिरामी भएर काम नगरेको अवधिसमेत घटाउन पार्टीमा कार्यदल बनाउने ?”

केपी ओलीसँग लामो समयदेखि आन्तरिक मतभेद राख्दै आएका रावलले उनकै कारण एमाले परित्याग गरिसकेका छन् ।

प्रकाशित मिति : ५ श्रावण २०८२, सोमबार  १० : ५५ बजे

सेवानिवृत्तलाई करार सेवामा नराख्न सामान्य प्रशासन मन्त्रालयको निर्देशन

काठमाडौं । सरकारले कुनै सरकारी सेवाबाट अवकाश र उपदान प्राप्त

पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको लर्को

काठमाडौँ । साउन महिना सुरु भएसँगै बिहानैदेखि पशुपतिनाथलगायत देशभरका शिवालयमा

कोशी नदी जलप्रवाह बढेपछि प्रशासन सतर्क, ब्यारेजको अनुगमन

धरान । सप्तकोशी नदीमा जलप्रवाह बढ्दै गएपछि सुनसरी प्रशासनले विपद्

आजदेखि नयाँ कर व्यवस्था लागू, शिक्षा–स्वास्थ्यमा ३५ समता शुल्कदेखि सेयर लाभकरसम्म बढ्यो

काठमाडौँ । आर्थिक वर्ष २०८३/८४ सुरु भएसँगै सरकारले बजेटमार्फत घोषणा

आर्थिक वर्षको अन्तिम तीन दिनमै ५० अर्बभन्दा बढी राजस्व संकलन

काठमाडौँ । आर्थिक वर्ष २०८२/८३ को अन्तिम तीन दिनमा संघीय