२२ चैत्र २०८२, आइतबार | April 5, 2026

संविधानमा व्यवस्था गरेअनुरुप काम गर्न ढिला भयोः अध्यक्ष प्रचण्ड



काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्रपछि देशमा उल्लेख्य प्रगति भए पनि संविधानले व्यवस्था गरेका मौलिक हकलाई कार्यान्वयन गर्नबाट राजनीतिक नेतृत्व चुकेको बताएका छन् ।

‘नेपाल खबर डट कम’को १०औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित विशेष परिसंवादमा अध्यक्ष प्रचण्डले अब संविधानको परिमार्जन गर्ने समय आएको बताए ।

“आर्थिक सूचक राम्रा छन् भनिएका बेला दैनिक हजारौँको सङ्ख्यामा युवा पलायन हुनु र देशले कुनैबेला निर्यात गर्ने खाद्य वस्तु अहिले अर्बौं रुपैयाँमा आयात हुने अवस्था किन आयो भन्ने विषयमा गम्भीर हुनुपर्छ”, उनले भने । अध्यक्ष प्रचण्डले सुशासन कायम गर्नु देशको सर्वाधिक ठूलो चुनौती भएको उल्लेख गर्दै भ्रष्टाचारका कारण पनि नकारात्मक भाष्य फैलाउनलाई सहयोग पुगेको बताए ।

पूर्वप्रधानमन्त्री प्रचण्डले माओवादी केन्द्रलाई अहिले पनि निजी क्षेत्र विरोधी शक्तिका रूपमा लिने गरिएको जिकिर गर्दै आफूले भने शान्ति प्रक्रियामा आएदेखि नै निजी क्षेत्रको अपरिहार्यताबारे बोल्ने गरेको र पदमा रहेका बेला निजी क्षेत्रसँग सर्वाधिक समय छलफल गरेको बताए । “उदारवादले मात्र न्याय गर्दैन भनेका हौँ”, उनले भने ।

कार्यक्रममा नेपाली कांग्रेसका नेता डा मिनेन्द्र रिजालले सन् १९९० को तुलनामा मुलुकले मानव विकासका विभिन्न सूचकमा अभूतपूर्व फड्को मारेको उल्लेख गर्दै त्यसलाई जनतासम्म पु¥याउनु र तैपनि जनता निराश हुनुका कारणलाई सुक्ष्म ढङ्गले केलाएर सम्बोधन गर्नु सबै राजनीतिक शक्तिको कर्तव्य भएको बताए ।

प्रकाशित मिति : ८ श्रावण २०८२, बिहिबार  ९ : १० बजे

महान्यायाधिवक्तामा डा. नारायणदत्त कँडेल नियुक्त

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले अधिवक्ता डा नारायणदत्त कँडेल (बागलुङ)लाई

सभामुखले सम्हाले कार्यभार, निस्पक्ष र तटस्थ भएर काम गर्ने प्रतिवद्धता

काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख डोलप्रसाद अर्यालले सिंहदरबारस्थित सङ्घीय संसद्

शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल थुनामुक्त, सुलभमाथि अनुसन्धान जारी

काठमाडौं । शंकरलाल अग्रवाल थुनामुक्त भएका छन् । सम्पत्ति शुद्धीकरण

नेपाली सेना सम्मानित संस्थाका रूपमा स्थापित भएको छ : प्रधानसेनापति

बुटवल । प्रधानसेनापति अशोकराज सिग्देलले नेपाली सेनाले देशको स्वतन्त्रता, सार्वभौमसत्ता,

राष्ट्रपतिसमक्ष सभामुखको शपथ

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख डोलप्रसाद अर्यालले