सुर्खेत । घरमा राखिएको काठको खुट्टा प्रहार गरी सुर्खेतमा श्रीमानले श्रीमतीको हत्या गरेका छन् ।
गए राति वीरेन्द्रनगर नगरपालिका–१३ सुर्खेत सुगरखोलास्थित ४२ वर्षीय दानसिंह ठाडामगरले ४१ वर्षीया श्रीमती रविनालाई सुतिरहेको अवस्थामा खाटको खुट्टा बनाउन राखेको काठले टाउकोमा प्रहार गरि हत्या गरेका हुन् । रुीमती रविनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं मोहनजङ्ग बुढथापाले जानकारी दिए ।
रबिनाको मृत्यु सम्बन्धमा स्थानीयले अस्थायी प्रहरी बिट कहरेखोलामा खबर गरेपश्चात तत्काल प्रहरी त्यहाँ पुगेर ठाडामगरलाई नियन्त्रणमा लिए प्रहरीले जनाएको छ । प्रहरीका अनुसार नियन्त्रणमा लिइएका ठाडामगरमाथि थप अनुसन्धानको भइरहेको छ ।


















प्रतिक्रिया