काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईविरुद्ध अख्तियारमै उजुरी दर्ता भएको छ।
आइतबार सिन्धुलीका युवराज सफलले प्रमुख आयुक्त राईविरुद्ध छानबिनको माग गर्दै उजुरी दायर गरेका हुन्।
उजुरीमा वाइडबडी विमान खरिद, नेपाल आयल निगमको जग्गा खरिद प्रकरण र नक्कली भुटानी शरणार्थी प्रकरणजस्ता ठूला घोटालामा राईको संलग्नता रहेको भन्दै निष्पक्ष छानबिन र कारबाहीको माग गरिएको छ।
केही दिनअघि मात्रै वाइडबडी विमान खरिद प्रकरणमा विशेष अदालले गरेको फैसलाको पूर्णपाठ सार्वजनिक भएपछि अख्तियार प्रमुखको संलग्नताबारे प्रश्न उठेको थियो । अदालतले प्रमुख आयुक्त राईको भूमिकामाथि गम्भीर प्रश्न उठाउँदै अख्तियारको अभियोजन प्रक्रियामा ूचयनमुखी दृष्टिकोणू अपनाएको टिप्पणी गरेको थियो । अदालतले यस विषयलाई न्यायप्रति जनविश्वास कमजोर बनाउने निर्णय गरिएको ठहर गरेको छ। फैसलामा भनिएको छ, ूउक्त खरिद प्रक्रियामा संलग्न केही पदाधिकारीमाथि अभियोजन नगरी केही व्यक्तिमाथि मात्रै मुद्दा चलाइएको देखिन्छ, जुन समान न्यायको सिद्धान्तविपरीत हो।ू
विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर तथा सदस्य न्यायाधीशहरू तेजनारायण सिंह राई र रितेन्द्र थापाको इजलासले गत मंसिर २० गते यो फैसला गरेको हो।
सचिव राईको अध्यक्षतामा २०७३ साल वैशाख २ गते बसेको नेपाल वायुसेवा निगमको सञ्चालक समितिको बैठकले दुईवटा वाइडबडी विमान खरिदका लागि उपसमिति गठन गर्ने निर्णय गरेको थियो।



















प्रतिक्रिया