२९ असार २०८३, सोमबार | July 13, 2026

एक वर्षमा तीन सय बढी उद्योग बन्द



चितवन । उद्योग तथा वाणिज्य कार्यालय चितवनमा दर्ता भएका ३८३ वटा उद्योग एक वर्षमा बन्द भएका छन् ।

कार्यालयका सूचना अधिकारी शक्तिमान कुमालका अनुसार बन्द भएका उद्योगमा सबैभन्दा बढी कृषिमूलक उद्योग छन् । ती उद्योग १९९ वटा बन्द भएका छन् । उत्पादनमूलक ७४, सेवामूलक ७४ र पर्यटनमूलक ३६ उद्योग बन्द भएको उनले जानकारी दिए । उनका अनुसार सोही अवधिमा ३३१ वटा नयाँ उद्योग दर्ता भएका छन् । जसमा कृषिमूलक १४०, सेवामूलक ११४, उत्पादनमूलक ६२, पर्यटनमूलक १५ उद्योग थपिएको छन् ।

जिल्लामा रहेका उद्योगमध्ये दुई हजार ३९० वटा उद्योग नवीकरण भएका छन् । जसमध्ये ११८ वटाले पुँजी वृद्धि गरेका छन् भने आठ वटाले स्तर परिवर्तन गरेका छन् । वाणिज्यतर्फ ५२४ वटा व्यवसाय बन्द भएको उनले जानकारी दिए । वाणिज्यतर्फ ३७७ वटा व्यवसाय नयाँ दर्ता भएर सञ्चालनमा छन् । तीन हजार १११ वटा व्यवसाय नवीकरण भएको उनले बताए । कुमालका अनुसार २०३ वटा व्यवसायीले पुँजी वृद्धि गरेका छन् भने ३४ वटाले उद्देश्य थप गरेका छन् ।

उच्च शिक्षाका लागि विदेश जानेको सङ्ख्या बढेसँगै उद्योग तथा व्यवसाय दर्ता गर्ने र बन्द गर्ने प्रचलन बढेको उनले बताए । उद्योग बन्द गर्न पाँच वर्ष अवधि पर्खिनुपर्ने भएकाले पनि बन्द गर्ने प्रचलन बढेको उनले बताए ।

प्रकाशित मिति : १२ श्रावण २०८२, सोमबार  ८ : ०५ बजे

गणेश नेपाली आत्मदाह प्रकरणमा परिवारले दियो जाहेरी, छानबिन प्रक्रिया अघि बढ्दै

काठमाडौं । त्रिपुरेश्वरमा आत्मदाह गरेका मुगुका गणेश नेपालीको मृत्यु प्रकरणमा

अर्थसँग सम्बन्धित चार ऐन र एक नियमावली खारेज गर्नेगरी विधेयक संसद्मा दर्ता

काठमाडौँ । सरकारले आर्थिक क्षेत्रसँगसम्बन्धी विभिन्न चारवटा ऐन र एक

पहिरोबाट कालीगण्डकी कोरिडोर अवरुद्ध

बागलुङ । राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी कोरिडोरको बागलुङ खण्डअन्तर्गत जैमिनी

कर्रा खोलाको बाढीमा ट्रक बग्यो, चालक घाइते

हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका-१७ स्थित कर्रा खोलामा सोमबार बिहान

नयाँ राहदानी प्रणाली सञ्चालनमा, एक करोड नागरिकको विवरण सफलतापूर्वक स्थानान्तरण

काठमाडौं । राहदानी विभागले नेपालको इतिहासमै सबैभन्दा ठूलो डेटा स्थानान्तरण