१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

जथाभावि फोहोर फाल्ने माथी भैरहवामा कडाई



भैरहवा । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाको जथाभावि फोहोर फाल्ने माथी कडा निगरानी थालेको छ । सरसफाई तथा फोहोर उठाउन नियमित रुपमा ट्याक्टरहरु घर घरमा पुरयाउदाँ समेत सार्वजनिक स्थान, सडक किनार जस्ता क्षेत्रमा फोहोर फाल्ने क्रम नरोकीए पछि नगरपालिकाले निगरानि बढाएको हो ।

नगरपालिकाले फोहोरको प्रकृती हेरेर जथाभावि फोहोर फाल्नेलाई फोहोरमैला व्यवस्थापन ऐन २०६८ को दफा ३८ (क) अनुसार ५० हजारसम्म जरिवाना तिराउन सक्ने व्यवस्था छ । सोही बमोजिम पछिल्लो दुई महिनामा नगरपालिकाले जथाभावि फोहोर फाल्ने पसल तथा वयक्तीहरुको भिडीयो र फोटो संकलन गरी १८ जनालाई कार्वाही गरेको नगरपालिका फोहोरमैला व्यवस्थापन शाखाका प्रमुख यादव सापकोटाले जानकारी दिए । उनका अनुसार अहिले नगरपालिकाले पाँच हजार देखी १५ हजारसम्म जरिवाना तिराएको छ ।

पटक पटक सम्झाउदाँ अटेर गर्ने र लुकिछिपी नियमीतरुपमा जथाभावि फोहोर फाल्नेको पहिचान गरी कार्वाही अगाडी बढाईएको छ । त्यसकोलागी बढी फोहोर फालीने स्थानहरुको पहिचान गरी बिहान साझँ नगरप्रहरी परिचालन गरीएको प्रशासन महाशाखा प्रमुख देव ज्ञवालीले जानकारी दिए ।

उनका अनुसार जथाभावि फोहोर फाल्ने र सडक छेउछाउमा लगाईएको फुल टिप्ने, रुख विरुवाहरुको हागाँ भाच्नेहरु माथि समेत निगरानी बढाईएको छ । सिद्धार्थनगर नगरपालिका नगर प्रमुख एवं सविधानसभा सदस्य इश्तियाक अहमद खाँले नगर सुन्दरिकरण गर्ने, हरियाली बनाउने कुरा एउटा मात्र निकायले गरेर सम्भव नहुने हुदाँ सवैले सहयोग गर्नुपर्ने बताए । उनले सिद्धार्थनगर गौतमबुद्धको प्रवेसद्धार समेत रहेकाले यस नगरलाई क्लिन, ग्रिन र वातावरण मैत्री बनाउने अभियानमा आफु लागेको र त्यसमा सवैले सहयोग गर्नुपर्ने बताए ।

प्रकाशित मिति : १३ श्रावण २०८२, मंगलबार  ३ : १३ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा