२१ चैत्र २०८२, शनिबार | April 4, 2026

माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै



काठमाडौं। नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दैछ ।

पार्टी मुख्यालय, पेरिसडाँडमा दिउँसो १ बजे बस्ने उक्त बैठकका लागि बुधवार नै अजेन्डा तय गरिएको थियो ।

उपाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद सापकोटाका अनुसार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान परिस्थितिबारे ब्रिफिङ गर्ने, पोखरामा आएर रोकिएको पहाडी जिल्ला अभियानलाई निरन्तरताबारे छलफल गर्ने, केन्द्रीय समितिको मिति तय गर्नेलगायतका रहेका छन ।

साथै, समाजवादी मोर्चालाई सक्रिय र विस्तार गर्नेबारे छलफल गर्ने र सङ्गठन निर्माण विकास, आन्तरिक एकता सुदृढीकरणबारे पनि छलफल हुनेछन् । बैठकमा पार्टीभित्र देखिएको अन्तर्विरोधलाई समाधान गर्ने उपायका विषयमा पनि छलफल हुने बताइएको छ ।

हालै मात्र उपमहासचिव जनार्दन शर्माले अध्यक्ष प्रचण्ड लक्षित व्यक्तिगत टिप्पणी गरेपछि सो पार्टीमा रहेको दुई संस्थापन र शर्मा पक्षीय गुटसमर्थकबीच सामाजिक सञ्जालबाट एकअर्कालाई आक्षेप लगाउने क्रम बढेको छ ।

प्रकाशित मिति : १६ श्रावण २०८२, शुक्रबार  ७ : ४८ बजे

स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक प्रदान गर्न निर्देशन

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निजी मेडिकल तथा डेण्टल

मतदाता नामावली भोलिदेखि सङ्कलन गरिँदै

काठमाडौँ । निर्वाचन आयोगले मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम

इरानसँगको युद्धमा अमेरिकी वायुसेनाले कम्तीमा सात विमान गुमायो

इरानसँग जारी युद्धका क्रममा अमेरिकी वायुसेनाले कम्तीमा सातवटा मानवसवार विमान

नयाँ हवाई प्रतिरक्षा प्रविधिले अमेरिकी लडाकु विमान खसालिएको इरानी कमाण्डरको दाबी

इरानका एक वरिष्ठ सैन्य कमाण्डरले आफ्नो देशका सुरक्षा बलहरूले नयाँ

तीन तला माथिबाट खस्दा बालिकाको मृत्यु

बिर्तामोड । झापामा घरको तीन तला माथिबाट खस्दा एक बालिकाको