२९ मंसिर २०८२, सोमबार | December 16, 2025

‘कुलिङ अफ पिरियड’ बारे छानबिन समितिको प्रतिवेदन संसदमा पेस (पूर्णपाठसहित)



काठमाडौं । संघीय निजामती सेवा विधेयकको दफा ८२ मा उल्लेख गरिएको ‘कुलिङ अफ पिरियड’ छानबिन समितिको प्रतिवेदन प्रतिनिधिसभामा पेस भएको छ ।

कुलिङ अफ पिरियड’ प्रावधानमा भएको छेडखानीबारे छानबिन गर्न गठित संसदीय विशेष छानबिन समितिले आफ्नो प्रतिवेदन प्रतिनिधिसभामा पेश गरेको हो।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा समितिका सभापति सांसद जीवन परियारले छानबिन प्रतिवेदन पेस गरेका हुन्।

गत असार २३ गते प्रतिनिधिसभाबाट गठित समितिलाई प्रारम्भमा २१ दिनको म्याद दिइएको थियो, जुन पछि थप ७ दिन लम्ब्याइएको थियो। निर्धारित समय साउन १८ गतेमै समाप्त भए पनि प्रतिवेदन भने साउन २० गतेमात्र सभामुख समक्ष प्रस्तुत गरिएको हो।

सभापति परियारका अनुसार प्रतिवेदनमा कुल ६ वटा परिच्छेद र ४ वटा अनुसूची समावेश गरिएको छ। उनले समितिको कार्यान्वयन प्रक्रियामा जिम्मेवार पदधारीहरूले आफ्ना दायित्व पूरा गर्न नसकेको स्पष्ट गरिएको बताए।

प्रतिवेदनमा राजनीतिक पदाधिकारीहरूले राजनीतिक र नैतिक जिम्मेवारी पूरा नगरेको तथा कर्मचारीहरूले पदीय आचरणको पालना नगरेको टिप्पणी गरिएको छ।

समितिले संघीय निजामती सेवा विधेयकमा रहेको ‘कुलिङ अफ पिरियड’ सम्बन्धी प्रावधानमा भएको परिवर्तन प्रक्रियामा लापरवाही देखिएको निष्कर्ष निकालेको छ । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडा र सचिव सुरजकुमार दुरा नैतिक जिम्मेवारी लिनुपर्ने सिफारिससमेत समतिले गरेको छ।

पूर्णपाठ:

प्रकाशित मिति : २० श्रावण २०८२, मंगलबार  ३ : ३४ बजे

बाँकेका किस्मत कक्षपतीले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी

खजुरा । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनमा एमाले बाँकेका

एमाले महाधिवेशनमा ओली र पोखरेल प्यानलसहित प्रतिस्पर्धामा (उम्मेदवारको सूचीसहित)

काठमाडौँ । नेकपा एमालेको जारी ११औँ महाधिवेशनमा पार्टीको नेतृत्वका लागि

स्रोत नखुलेको लाखौ रकम सहित व्यवसायी सुनिलकुमार बनियाँ प्रहरी नियन्त्रणमा

नेपालगञ्ज । बाँके प्रहरीले बाँकेको नेपालगन्जबाट स्रोत नखुलेको लाखौं भारतीय

एमालेको महाधिवेशनमा ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आफ्नौ ११औँ राष्ट्रिय महाधिवेशनमा

डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो

काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको