१५ भदौ २०८३, सोमबार | August 31, 2026

बागमतीका नवनियुक्त मुख्यमन्त्री बानियाँद्वारा शपथग्रहण



बागमती । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

मंगलबार दिउँसो मुख्यमन्त्रीमा नियुक्त बानियाँलाई केही हेटौँडास्थित प्रदेश प्रमुखको कार्यालयमा एक समारोहबीच प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले पद तथा गोपनियताको सपथग्रहण गराएका हुन् ।

प्रदेश प्रमुख देवकोटाले संविधानको धारा १६८ को उपधारा २ बमोजिम बानियाँलाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।

नेपाली कांग्रेस र नेकपा (एमाले)का ६४ जना प्रदेशसभा सदस्यहरूको हस्ताक्षरसहित बानियाँले सोमबार प्रदेश प्रमुख देवकोटा समक्ष मुख्यमन्त्रीको दाबी पेश गरेका थिए ।

मुख्यमन्त्री बानियाँले एमालेबाट छ जना र कांग्रेसबाट दुई जना गरी आठ सदस्यीय मन्त्रीपरिषद् विस्तार गर्ने तयारी गरेका छन् । आज बानियाँसहित केही मन्त्रीहरुले पनि शपथ लिएका छन् ।

प्रकाशित मिति : २० श्रावण २०८२, मंगलबार  ५ : २८ बजे

भोटेकोशी बाढी : ९०३ जनाको शव फेला, ४ हजार २४७ अझै सम्पर्कविहीन

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण हालसम्म

बहराइनमाथि ७ विकेटको शानदार जित, नेपालले गर्‍यो विजयी सुरुवात

काठमाडौं । एसीसी पुरुष प्रिमियर कप २०२६ मा नेपालले विजयी

घट्यो सुनको मूल्य, चाँदीको स्थिर

काठमाडौं । सुनको भाउ आजसहित ४ दिनमा १५ हजार ५

गुल्मीमा टिप्पर र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, चालक नियन्त्रणमा

गुल्मी । गुल्मीको धुर्कोट गाउँपालिका-५, डुकुर्तीमा टिप्पर र मोटरसाइकल एक

‘मेरो श्रीमान कहाँ हुनुहुन्छ ?’

धनुषा । धनुषाकी पूजा साह सिंहका लागि पछिल्ला दिन सामान्य