७ आश्विन २०८३, बुधबार | September 23, 2026

बुटवल कालिका क्याम्पसलाई क्यूएए प्रमाणपत्र



बुटवल । छोटो समयमा उल्लेखनीय प्रगति गर्दै रुपन्देहीको बुटवल कालिका क्याम्पसले शैक्षिक उत्कृष्टताको प्रतिक मानिने गुणस्तर प्रत्याभूति तथा प्रत्यायन (QAA) प्रमाणपत्र प्राप्त गर्न सफल भएको छ । त्रिभुवन विश्वविद्यालयअन्तर्गत सञ्चालित यो क्याम्पसले विश्वविद्यालय अनुदान आयोग (UGC) द्वारा तोकिएका सम्पूर्ण मापदण्डहरू पूरा गर्दै साउन १६ गते औपचारिक रूपमा क्यूएए मान्यता प्राप्त गरेको हो ।

क्याम्पस प्रमुख घनश्याम पाठकले क्यूएए प्रमाणपत्रलाई शिक्षा सुधारको यात्रामा “ठूलो फड्को”को रूपमा लिँदै यसले क्याम्पसलाई शैक्षिक रूपमा विश्वसनीय, पारदर्शी, उत्तरदायी र सक्षम बनाउने प्रेरणा दिएको बताए । “हामी अन्तर्राष्ट्रियस्तरको युनिभर्सिटीको वातावरण सिर्जना गर्ने दिशामा अघि बढिरहेका छौं,” पाठकको भनाइ थियो ।

विसं २०७० मा बुटवल रामनगरस्थित कालिका माविको भवनबाट ३४ जना विद्यार्थीसहित शुरू भएको क्याम्पस अहिले आफ्नै ठूलो भवनमा सञ्चालन हुँदै आएको छ, जहाँ ४ हजारभन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।

क्याम्पस सञ्चालक समिति अध्यक्ष होमबहादुर गलामीले पछिल्ला वर्षहरूमा पूर्वाधार, प्रशासनिक संरचना, शैक्षिक गुणस्तर र वित्तीय पारदर्शितामा उल्लेखनीय प्रगति भएको बताए । यही प्रगतिको मूल्यांकनका आधारमा क्याम्पसले क्यूएए प्रक्रिया सफलतापूर्वक सम्पन्न गर्न सकेको हो ।

१२ वर्षको छोटो अवधिमा क्यूएए प्राप्त गर्ने नेपालकै पहिलो सामुदायिक क्याम्पसको रूपमा कालिका क्याम्पसले बुधबार एक खुसीयाली सभाको आयोजना गर्‍यो । सो अवसरमा बुटवल उपमहानगरपालिकाका मेयर खेलराज पाण्डेयले कालिका क्याम्पसले पश्चिम क्षेत्रका लागि दक्ष जनशक्ति उत्पादन गर्दै आएको बताए ।

उनले समयसापेक्ष कोर्सहरू थप्दै व्यावहारिक शिक्षा र जीवनोपयोगी सीप विकासमा पनि ध्यान दिनुपर्ने सुझाव दिए ।

क्याम्पसमा हाल स्नातक तहमा बीबीएस, बीसीए, बीएड लगायतका विषयहरूमा अध्ययन हुँदै आएको छ । स्नातकोत्तर तहमा ग्रामीण विकास (RD) र अंग्रेजी पढाइ हुँदै आएकोमा अब एमबीए कार्यक्रम सञ्चालन गर्ने तयारी गरिएको छ ।

प्रकाशित मिति : २१ श्रावण २०८२, बुधबार  ५ : ३६ बजे

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई

हवाई फायर गर्दा नरोकेपछि बाइकको टायरमा गोली प्रहार, १०३.७९० ग्राम ब्राउनसुगर बरामद

नेपालगन्ज । लोगुऔषधको कारोबारे पक्राउ गर्न प्रहरीले गोली प्रहार गरेको

मुस्ताङ भन्सारबाट २० दिनमा दुई अर्ब ५४ करोड ९३ लाख राजस्व सङ्कलन

मुस्ताङ । मुस्ताङ भन्सार कार्यालयले २० दिनमा रु दुई अर्ब

मनास्लु हिमालमा मृत्यु भएका दुईको शव काठमाडौंमा

गोरखा । मनास्लुको हिउँपहिरोमा पुरिएर मृत्यु भएका दुई व्यक्तिको शव