१६ असार २०८३, मंगलबार | June 30, 2026

रूपन्देही–३ मा उम्मेदवार बन्न रास्वपामा ९ जनाको आवेदन



काठमाडौं । रूपन्देही क्षेत्र नम्बर ३ मा हुने प्रतिनिधिसभा उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट उम्मेदवार बन्न इच्छुक ९ जनाले आवेदन दिएका छन्। रास्वपाले इच्छुक उम्मेदवारहरुको नामावली आज सार्वजनिक गरेको हो ।

रास्वपाले साउन ७ देखि २१ गतेसम्म उम्मेदवारीका लागि आवेदन खुला गरेको थियो। सो अवधिमा ९ जनाले औपचारिक रूपमा नाम दर्ता गराएका हुन् ।

आवेदन दिनेमा सुलभ खरेल, पार्थिवेन्द्र उपाध्याय, डा। लेखजंग थापा, ज्ञानु पौडेल, जीतबहादुर गुप्ता, कुसुम महर्जन, रचना क्षेत्री, पुनम कुमारी अग्रवाल र मधुप्रसाद अर्याल रहेका छन्। उम्मेदवार बन्न चाहने प्रत्येक व्यक्तिले २५ हजार रुपैयाँ शुल्क बुझाउनुपर्ने व्यवस्था गरिएको थियो।

रास्वपाले प्राप्त आवेदकमध्येबाट अन्तिम उम्मेदवार छान्ने प्रक्रिया अघि बढाएको छ। भदौ १५ गतेभित्र उम्मेदवारको टुंगो लगाउने गरी पार्टीले कार्यतालिका तयार पारेको छ।

प्रकाशित मिति : २२ श्रावण २०८२, बिहिबार  १ : ५९ बजे

विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा दिपक भट्टको सक्कल मिसिल झिकाउन आदेश

काठमाडौं । सर्वोच्च अदालतले एमाले उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री विष्णु पौडेलसँग

साउदी अरेबियाबाट ३३ नेपाली कैदीलाई आममाफी, कानुनी प्रक्रिया पूरा भएपछि नेपाल फर्काइने

काठमाडौं । साउदी अरेबिया सरकारले आफ्नो कारागारमा रहेका ३३ जना

पाठ्यक्रम प्रारुप पुनरावलोकन कार्यदलले पचास हजार विज्ञसँग सुझाव सङ्कलन गर्ने

काठमाडौँ । विद्यालय तहको राष्ट्रिय पाठ्यक्रम प्रारुप पुनरावलोकन कार्यदलले पाठ्यक्रम

विदेशी पीआर लिएर सम्पर्कविहीन बनेका चार निजामती कर्मचारीलाई कारवाही गरिँदै

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र

नेप्से परिसूचक २४.६३ अङ्कले घट्यो

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज