१४ बैशाख २०८३, सोमबार | April 27, 2026

शिक्षा समितिको बैठक : विद्यालय शिक्षा विधेयक पारित हुने अपेक्षा



काठमाडौं । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक अहिले बसिरहेको छ । बैठकमा बहुचर्चित विद्यालय शिक्षा विधेयकमाथि छलफल भइरहेको छ।

बैठकमा समितिभित्र गठन गरिएको परामर्श उपसमितिले सहमतिको आधारमा तयार पारेको प्रस्ताव समितिका सभापति अम्मरबहादुर थापाले प्रस्तुत गरेका छन्।

यसअघि असार २२ गते नै विधेयक पारित गर्ने तयारी गरिएको थियो। तर, शिक्षक महासंघले उठाएका मागहरूका सम्बन्धमा फरक-फरक प्रस्तावहरू आएपछि तत्कालीन शिक्षामन्त्री रघुजी पन्तले सहमतिका लागि समय मागेका थिए। त्यसक्रममा समितिले पाँच दिनको समय दिएको थियो। तर सो समयावधिमा बैठक नबस्दा प्रक्रिया लम्बिएको थियो।

अहिले बसिरहेको बैठकले विद्यालय शिक्षा विधेयक पारित गर्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २२ श्रावण २०८२, बिहिबार  ३ : १३ बजे

ठूलो जनमत प्राप्त गरेको सरकार अलोकप्रिय नबनोस् : प्रदीप पौडेल

ललितपुर । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले ठूलो जनमतसहित गठन

नेपाली कांग्रेसले भीष्मराज आङदेम्बेलाई संसदीय दलको नेता बनाउने

काठमाडौं । नेपाली कांग्रेसले भीष्मराज आङदेम्बेलाई संसदीय दलको नेता बनाउने

शिक्षामन्त्री पोखरेलसँग चिनियाँ राजदूतको शिष्टाचार भेटवार्ता

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलसँग नेपालका लागि

राष्ट्रपतिद्वारा भानु साहित्य उद्यानको शिलान्यास

तनहुँ । राष्ट्रपति रामचन्द्र पौडेलले तनहुँको भानु नगरपालिका-४ चुँदीरम्घामा निर्माण

सर्लाहीको लालबन्दीमा बँदेलको आक्रमणबाट एक जनाको मृत्यु

बरहथवा । जङ्गली बँदेलको आक्रमणबाट सर्लाहीको लालबन्दीमा एक पुरुषको मृत्यु