१० भदौ २०८३, बुधबार | August 26, 2026

फिफा महिला फुटबल वरीयतामा नेपालको ऐतिहासिक प्रगति



काठमाडौं । नेपाली महिला फुटबल राष्ट्रिय टोलीले अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)को पछिल्लो वरीयतामा ऐतिहासिक प्रगति गरेको छ।

फिफाले सार्वजनिक गरेको सूचीअनुसार नेपालले १३ स्थान सुधार गर्दै ८७औँ स्थानमा उक्लिएको छ, जुन हालसम्मकै सर्वोच्च वरीयता हो।

हालै सम्पन्न एएफसी महिला एसिया कप छनोटमा नेपालले प्रभावशाली प्रदर्शन गर्दै लाओसलाई ९–० र श्रीलंकालाई ८–० ले पराजित गरेको थियो। उज्बेकिस्तानसँगको खेल ३–३ को रोमाञ्चक बराबरीमा टुंगिएपछि नेपाल पेनाल्टी सुटआउटमा ४–२ ले पराजित भयो। यिनै उत्कृष्ट नतिजाहरूले नेपालको वरीयता सुधारमा निर्णायक भूमिका खेलेका हुन्।

नेपालले यसअघि सन् २०१७ मा ९१औँ स्थानसम्म पुग्दै कीर्तिमान बनाएको थियो। तर यसपटक त्यो कीर्तिमान तोड्दै ८७औँ स्थानमा पुग्न सफल भएको हो।

दक्षिण एसियाका महिला टोलीहरूको सन्दर्भमा भारत शीर्ष स्थानमा रहँदै ६३औँ स्थानमा उक्लिएको छ। नेपाल दोस्रो स्थानमा रहँदा बंगलादेशले सबैभन्दा ठूलो फड्को मार्दै २४ स्थान सुधार गरी १०४औँ स्थान हासिल गरेको छ। यस्तै, पाकिस्तान १५४औँ, श्रीलंका १६१औँ, भुटान १६३औँ र माल्दिभ्स १६५औँ स्थानमा छन्।

नेपाली महिला फुटबलको यो ऐतिहासिक सफलता सम्पूर्ण फुटबलप्रेमीका लागि गर्वको विषय बनेको छ।

प्रकाशित मिति : २२ श्रावण २०८२, बिहिबार  ३ : २२ बजे

भारत, चीन र विश्व बैंकले सोधे – कस्तो सहयोग कहाँ पठाऊँ ?

काठमाडौँ । विपदग्रस्त नेपालका बाढीप्रभावितको उद्धार र पुनर्निर्माणका लागि आर्थिक

भोटेकोशी बाढी : उद्धार गरी ल्याएका १३ जनाको काठमाडौंंमा उपचार हुँदै

काठमाडौं । रसुवामा आज बिहान गएको बाढीमा परी घाइते भएका

पार्टीका सबै कार्यक्रम रोकेर राहत र उद्धारमा केन्द्रित हुने कांग्रेसको निर्णय

ललितपुर । नेपाली कांग्रेसले पार्टीका सबै कार्यक्रम रोकेर राहत र

संसदलाई सरकारको जवाफ – हिमपहिरोपछि भोटेकोशीमा बाढी आयो

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको ठूलो बाढीका

विपद्मा सरकार र दल एकढिक्का भएर उद्धारमा जुट्न रवि लामिछानेको आह्वान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले प्राकृतिक