२८ फाल्गुन २०८२, बिहिबार | March 13, 2026

गोरखामा कुकुरले मारे चितुवा



गोरखा । गोरखाको आरुघाट गाउँपालिका–९ स्थित आरुघाट बजार नजीकै कुकुरले टोकेर मारेको अवस्थामा चितुवा फेला परेको छ ।

गोरखातर्फको आरुघाट बजारबाट धादिङतर्फको आरुघाट बजार जाने कच्ची सडकखण्डमा मृतावस्थामा चितुवा फेला परेको डिभिजन वन कार्यालय गोरखाका प्रमुख अशोककुमार श्रेष्ठले जानकारी दिए ।

अन्दाजी ६ महिनाको जस्तो देखिने चितुवालाई कुकुरहरुले टोकेर मारेको पाइएको अनुसन्धानका लागि घटनास्थल पुग्नुभएका कार्यालय सहायक वन अधिकृत बालकुमार नेपालीले जानकारी दिए ।
“घटनास्थलमा भेटिएको मृत चितुवाको आन्द्राभुँडीसमेत निस्किएको अवस्थामा फेला परेको छ”, उनले भने, “चितुवालाई आक्रमण गर्ने दुई वटा कुकुर गम्भीर घाइते भएका रहेछन् ।”

जङ्गल नजिकै रहेकाले आहाराको खोजीमा निस्किएको सानो चितुवाले कुकुरलाई आक्रमण गरेपछि कुकुरहरु मिलेर चितुवालाई चिथोरेर मारेको हुन सक्ने सहायक वन अधिकृत नेपालीले जानकारी दिए ।

चार वयस्क कुकुर मिलेर आक्रमण गरेका कारण सानो उमेरको चितुवा मारिएको उनले बताए । स्थानीयवासीले राति नै थाहा पाएपछि घटनास्थलमा पुग्दा चितुवा मरेको देखेर वन कार्यालयमा जानकारी गराएका थिए ।

वन कार्यालयको टोलीसहित प्रहरी, जनप्रतिनिधि र स्थानीयवासीको रोहवरमा मृतावस्थामा भेटिएको चितुवाको मुचुल्का तयार गरी सब डिभिजन वन कार्यालय ध्याम्पेसाल परिसरमा व्यवस्थापन गरिएको सहायक वन अधिकृत नेपालीले बताए ।

प्रकाशित मिति : २८ भदौ २०७७, आइतबार  ३ : २२ बजे

मेयर कप क्रिकेटमा लायन किङ्स विजयी

‎नेपालगन्ज । नेपालगन्जमा जारी नेपालगन्ज मेयर कप पुरुष क्रिकेट प्रतियोगिता

निर्वाचन प्रहरीको बिदाइ

काठमाडौँ । यही फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य

खाना पकाउने ग्यास अवदेखि आधा मूल्यमा आधा सिलिण्डर

काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने ग्यास आधा मूल्यमा

रुद्रवेणी–वामीटक्सार–खर्बाङ सडक एक महिना बन्द हुने

गुल्मी । राष्ट्रिय राजमार्गअन्तर्गत गुल्मीको रुद्रवेणी–वामीटक्सार–खर्बाङ सडक एक महिनाका लागि

बुटवल र सैनामैनामा वायु प्रदूषण न्यूनीकरण गर्न ‘स्वच्छ हावा’ कार्यक्रम

बुटवल । रुपन्देहीका २ वटा स्थानीय तहमा ‘आमा तथा नवजात