१३ असार २०८३, शनिबार | June 27, 2026

कालिका मानवज्ञान माविमा बधाई, शुभकामना तथा बिदाई



बुटवल । बुटवल १० कालिकानरमा रहेको कालिका मानवज्ञान मावि मा कक्षा १२ उत्र्तीण गरेका सम्पूर्ण विद्यार्थीहरुलाई बधाई शुभकामना तथा विदाई कार्यक्रम गरिएको छ ।

हालै मात्रै सार्वजनिक भएको कक्षा १२ को परिक्षामा सामुदायिक विद्यालय तर्फ देशमै सबैभन्दा बढि विद्यार्थी उत्र्तीण गराउन सफल विद्यालयले उत्कृष्ट नतिजा ल्याउने शिक्षकहरुलाई समेत सम्मान गरेको छ । शुक्रबार बुटवल १० रामनगरमा रहेको बुटवल कालिका क्याम्पस सभाहलमा आयोजना गरिएको कक्षा १२ को परीक्षमा उत्कृष्ठ जीपीए ल्याउने सहित सम्पूर्ण विद्यार्थीलाई बधाई सहित सम्मान गरिएको हो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नित्यानन्द ज्ञवालीको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय परीक्षा बोर्ड लुम्बिनी प्रदेश कार्यालय प्रमुख रमाकान्त तिवारीको प्रमुख आतिथ्यता, वडा नम्बर १० का अध्यक्ष बल बहादुर पुन, विद्यालयका प्रमुख शैक्षिक सल्लाहकार तथा पुर्व प्रधानाध्यापक, बुटवल कालिका क्याम्पसका क्याम्प प्रमुख घनश्याम पाठक, अभिभावक संघ रूपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवालीको विशिष्ठ आतिथ्यता रहेको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि तिवारीले रुपन्देहीले देशकै शैक्षिक नेतृत्व गर्ने ल्याकत राख्न सफल भएको बताएका थिए । उच्च शिक्षाको लागि स्वदेशमा नै विभिन्न अवसरहरु रहेको भन्दै उनले उच्च शिक्षाको लागि स्वदेश रोज्नुपर्ने धारणा राखे ।

बुटवल कालिका क्याम्पसका प्रमुख तथा कालिका मानवज्ञान माविका सल्लाहकार समिति संयोजक घनश्याम पाठकले विद्यार्थीहको मिहिनेत, शिक्षक तथा कर्मचारी र अभिभावको परिश्रमबाट अहिलेको नतिजा आएको भन्दै यसको लागि सबै बधाई पात्र भएको बताएका थिए ।

विद्यालयका शिक्षक अभिभावक संघका अध्यक्ष केशवराज पोखरेलको स्वागत रहेको कार्यक्रममा विद्यालयका प्राचार्य दिनेश थापाले करिब ९२ प्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल कालिका मानवज्ञान माविका कर्मठ शिक्षक हरूलाई धन्यवाद सहित विद्यार्थीहरूलाई बधाई तथा शुभकामना दिएका थिए ।

कार्यक्रममा विद्यालयका पूर्व अध्यक्ष एवं वर्तमान सल्लाहकार समिति सदस्य साथै बुटवल कालिका क्याम्पसका अध्यक्ष होमबहादुर गलामी सहितहले बधाई तथा शुभकामना मन्तव्य राखेका थिए ।

विद्यालयका अतिरिक्त क्रियाकलाप संयोजक विवेकराज पोख्रेलको सञ्चालनमा भएको कार्यक्रममा विद्यार्थीहरूले विभिन्न सांस्कृतिक प्रस्तुति, गायन, नृत्य र कवितावाचन समेत गरेका थिए । ३.९ जीपीए भन्दामाथि ल्याउने १० जना विद्यार्थीहरु र विभिन्न समूहमा सर्वोत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई विशेष सम्मान गरिएको थियो साथै कक्षा १२ उत्तीर्ण सबै विद्यार्थीहरूलाई हार्दिक बधाई तथा समुज्जल भविष्यको शुभकामना सहित सम्मान गरिएको थियो ।

उक्त कार्यक्रममा कक्षा १२ मा सत प्रतिशत नतिजा ल्याउने शिक्षकहरु, समूहगत इन्चार्जहरुलाई समेत विशेष सम्मान गरिएको जानकारी विद्यालयका अतिरिक्त क्रियाकलाप संयोजक विवेकराज पोखरेलले दिए ।

प्रकाशित मिति : २३ श्रावण २०८२, शुक्रबार  ६ : ४२ बजे

बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा ‘ट्रयाज प्रणाली’ लागु

बुटवल । पश्चिम नेपालकै प्रमुख सरकारी अस्पतालको रूपमा रहेको बुटवलस्थित

रूखबाट खसेर बालिकाको मृत्यु

बाजुरा । जिल्लाको खप्तड छेडेदह गाउँपालिकामा आज रूखबाट खसेर एक

कार्यसम्पादनमा लुम्बिनी प्रदेश प्रहरी देशकै प्रथम

भैरहवा । नेपाल प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष

मनसुन थप सक्रिय हुँदै, आगामी हप्तादेखि देशभर भारी वर्षाको सम्भावना

काठमाडौं । कमजोर रहेको मनसुन अबको हप्ता निकै सक्रिय हुने

पेस्तोल र गोलीसहित दुई युवक पक्राउ

जनकपुरधाम । प्रहरीले धनुषाको जनकपुरधाम उपमहानगरपालिका-९ थापा चौकस्थित एक होटलबाट