काठमाडौं । एएफसी यू-२० महिला एसियन कप छनोट अन्तर्गत समूह ए को आफ्नो अन्तिम खेलमा नेपाल उत्तर कोरियासँग ११-० को पराकिलो अन्तरले पराजित भएको छ । भुटानको थिम्पुस्थित चाङलिमिथाङ स्टेडियममा आइतबार भएको खेलमा बलियो टिम उत्तर कोरियाले पहिलो हाफमा ५ र दोस्रो हाफमा ६ गोल गरेको हो ।
योसँगै उत्तर कोरिया समूहको विजेता बन्दै एसियन कपमा छनोट भएको छ । उत्तर कोरियाले ३ खेलबाट ९ अंक जोड्यो । उत्तर कोरियाले साउदी अरबलाई १५-० र भुटानलाई १०-० ले पराजित गरेको थियो ।
नेपाल भने उतकृष्ट उपविजेता बन्न पनि चुक्यो । नेपालले समान खेलबाट ४ अंक मात्रै बटुल्न सक्यो। नेपालले भुटानसँग १-१ को बराबरी खेलेको थियो । साउदी अरबमाथि भने १-० को कठिन जित हात पारेको थियो । तर, जित्नै पर्ने अन्तिम खेलमा नेपालले उत्तर कोरियासँग फराकिलो हार बेहोरेको हो ।


















प्रतिक्रिया