दैलेख । १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा दुईजना पक्राउ परेका छन् ।
जबरजस्ती करणी चामुण्डा बिन्द्रासैनी नगरपालिका–८ बस्ने २५ वर्षीय खगेन्द्र भण्डारी र २५ वर्षीय गोपेन्द्र भन्ने गोबिन्दबहादुर शाहीलाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको हो ।
उनीहरूले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय दुल्लु र प्रहरी चौकी जम्बुकाँधबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


















प्रतिक्रिया