१० कार्तिक २०८३, मंगलबार | October 27, 2026

उपचारका क्रममा कैदीको मृत्यु, अस्पताल परिसरमा आफन्तको प्रदर्शन



वीरगन्ज । यहाँस्थित वीरगञ्ज कारागारका एक कैदीको उपचारका क्रममा मृत्यु भएको छ । कर्तव्य ज्यान मुद्दामा कैद भुक्तान गरिरहेका वीरगन्ज महानगर–२५ का राहुलकुमार साहको नारायणी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

आज बिहानदेखि छाती दुख्ने र फुल्ने समस्या देखिएपछि कैदी साहलाई नारायणी अस्पताल पु(याएको र उपचारका क्रममा मृत्यु भएको कारागार प्रमुख खिमराज भुसालले जानकारी दिनुभयो । साह विसं २०७९ देखि कर्तव्य ज्यान मुद्दामा कैद सजाय भुक्तान गर्दै आइरहेका थिए ।

पर्सा प्रहरीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक किशोर लम्सालले कैदीबन्दीको उपचारका क्रममा मृत्यु भएपछि नारायणी अस्पताल परिसरमा आफन्तले विरोधस्वरुप प्रदर्शनमा उत्रिएको जानकारी दिए । उनले भने, “अस्पताल परिसरमा पर्याप्त सुरक्षाकर्मी खटाएर शान्तिसुरक्षा कायम गर्ने प्रयास गरिरहेका छौँ ।”

प्रकाशित मिति : २७ श्रावण २०८२, मंगलबार  ३ : २० बजे

काठमाडौँमा प्रहरीको ‘स्वीप अपरेसन’ : ७५ जना पक्राउ, १२ फरार कसुरदार र प्रतिवादीसमेत नियन्त्रणमा

काठमाडौँ । काठमाडौँ उपत्यकामा आपराधिक गतिविधि नियन्त्रण तथा शान्तिसुरक्षा कायम

सुनको भाउ बढ्यो, चाँदीको घट्यो

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ ।

टस जितेर विराटनगरले रोज्यो बलिङ, चितवनले पहिले ब्याटिङ गर्ने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आजको पहिलो खेलमा

गुल्मीमा भएको सडक दुर्घटनामा व्यवसायीको निधनले शोकमा वालिङ

वालिङ । सोमबार गुल्मीमा भएको सवारी साधन दुर्घटनाका कारण यतिबेला