१४ माघ २०८२, बुधबार | January 28, 2026

स्वतन्त्रता दिवसको अवसरमा पाकिस्तानी दूतावासमा झण्डोत्तोलन कार्यक्रम



काठमाडौं । पाकिस्तानको ७९औँ स्वतन्त्रता दिवसको अवसरमा काठमाडौंस्थित दूतावास परिसरमा झण्डा फहराउने कार्यक्रम आयोजना गरिएको छ ।

राजदूत अब्रार एच। हाश्मीले पाकिस्तानको राष्ट्रिय झण्डा फहराएका छन्। कार्यक्रममा पाकिस्तानी समुदाय, नेपाली मित्रहरू तथा दूतावासका कर्मचारीहरू आफ्ना परिवारसहित उपस्थित भएको दूतावासले विज्ञप्तिमार्फत जनाएको छ । यस वर्ष स्वतन्त्रता दिवस “मार्का-ए-हक” मा विजयको उत्साहका साथ मनाइएको हो ।

त्यसअवसरमा राष्ट्रपति आसिफ अली जरदारी, प्रधानमन्त्री मोहम्मद शहबाज शरीफ र उपप्रधान तथा परराष्ट्र मन्त्री महामहिम मोहम्मद इसहाक दारले पठाएको सन्देश पढेर सुनाइएको थियो ।

राष्ट्रपति जरदारीले आफ्नो सन्देशमा आजको दिनले संस्थापक पिता कायद–ए–आजम मोहम्मद अली जिन्ना र पाकिस्तान आन्दोलनका योद्धाहरूको संघर्ष र बलिदानलाई सम्मान गरेको जनाएका छन् । यसैगरी प्रधानमन्त्री शरीफले आफ्नो सन्देशमा विगतका ७८ वर्षले सहनशीलता, दृढ विश्वास र उज्ज्वल भविष्यको आशाको कथा सुनाएको उल्लेख गरेका छन् ।

“मार्का-ए-हक” मा विजय उत्सवका क्रममा ‘स्वतन्त्रता’को रक्षा गर्ने संघर्षमा प्राण अर्पण गर्ने सहिदहरूको सम्झनामा विशेष प्रार्थना पनि गरिएको थियो।

प्रकाशित मिति : २९ श्रावण २०८२, बिहिबार  २ : ३४ बजे

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

सिन्धुली । दुधौली नगरपालिका-१० खत्रीचोकको भित्री सडकमा आज बिहान भएको

मुस्ताङ, हुम्ला र बाजुरामा वर्षासँगै भारी हिमपात

मुस्ताङ । मङ्गलबार रातिदेखि जिल्लाका विभिन्न भेगमा भारी हिमपात भएको

भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध

ढोरपाटन । मङ्गलबार रातिदेखिको वर्षासँगै भएको हिमपातले मध्यपहाडी लोकमार्ग पूर्ण

बारामा एकै परिवारका आमा-छोराको निर्मम हत्या, बाबु र छोरी गम्भीर घाइते

वीरगन्ज । बारा जिल्लामा एकै परिवारका आमा र छोराको धारिलो

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

बैतडी ।बैतडीमा आज बिहानैदेखि बाक्लो हिमपात भएको छ । जिल्लाका