११ माघ २०८२, आइतबार | January 25, 2026

काठमाडौंमा इन्डोनेसियाको ८० औँ स्वतन्त्रता दिवसमा झन्डोत्तोलन



काठमाडौं । गणतन्त्र इन्डोनेसियाको ८० औँ स्वतन्त्रता दिवसको अवसरमा आइतबार काठमाडौंमा झन्डोत्तोलन कार्यक्रम सम्पन्न भएको छ । नेपालका लागि गणतन्त्र इन्डोनेसियाका अवैतनिक वाणिज्य दूतको कार्यालय, आइएमई कम्प्लेक्स परिसर, पानीपोखरीमा विशेष समारोहबीच झन्डोत्तोलन गरिएको हो ।

कार्यक्रममा नेपालका लागि इन्डोनेसियाका अवैतनिक वाणिज्य दूत चन्द्रप्रसाद ढकालले नेपाल-इन्डोनेसियाबीचको सम्बन्ध ऐतिहासिक र सुमधुर रहेको उल्लेख गर्दै यसलाई जनस्तरसम्म विस्तार गर्न आफू निरन्तर प्रयत्नशील रहेको बताए । उनले आपसी व्यापार, अनुभव आदान-प्रदान तथा पर्यटनजस्ता क्षेत्रलाई अझ मजबुत बनाउनुपर्नेमा जोड दिए ।

नेपाल र इन्डोनेसियाबीच सन् १९६० मा औपचारिक कूटनीतिक सम्बन्ध स्थापना भएको हो । हाल नेपालका लागि इन्डोनेसियाको आवासीय राजदूतको कार्यालय बङ्गलादेशको ढाकामा रहेको छ । आसियान मुलुकहरूमध्ये ठूलो अर्थतन्त्र भएको इन्डोनेसियासँग नेपालले व्यापार, आयात-निर्यात र पर्यटनका क्षेत्रमा प्रशस्त सम्भावना रहेको पनि उनले बताए ।

झन्डोत्तोलन कार्यक्रममा नेपालमा बसोबास गर्दै आएका इन्डोनेसियाली नागरिक, वाणिज्य दूत कार्यालयका प्रतिनिधि तथा आइएमई ग्रुपका कर्मचारीहरूको उपस्थिति थियो ।

प्रकाशित मिति : २ भदौ २०८२, सोमबार  ८ : ३९ बजे

लुम्बिनीमा राष्ट्रियसभा सदस्य निर्वाचनको मतदान सुरु, मुख्यमन्त्री आचार्यद्वारा पहिलो मतदान

दाङ । लुम्बिनी प्रदेशबाट राष्ट्रियसभा सदस्य निर्वाचित गर्न मतदान सुरु

डोल्पामा ३२८ मेगावाटको भारबुङ जलविद्युत् आयोजना निर्माण हुने

काठमाडौं । डोल्पा जिल्लामा जलाशययुक्त प्रकृतिको भारबुङ जलविद्युत् आयोजना निर्माण

पर्यटकको रोजाइमा वेतना सिमसार

मोरङ । सुनसरीको इटहरी चोकदेखि १६ किलोमिटर पूर्वतर्फ गएपछि हरियो

रौतहटको जयनगरमा फर्निचर मेला : उपभोक्ता र व्यवसायी आकर्षित

रौतहट । रौतहटको गरुडा नगरपालिका-१ जयनगरमा काठ तथा फलामका सामग्रीको

अण्डाको माग र मूल्य बढ्यो

चितवन । प्रतिनिधिसभाको निर्वाचन नजिँकिदै जाँदा अण्डाको माग उच्च भएको