काठमाडौं । अस्ट्रेलियामा जारी टप एण्ड टी-२० सिरिज अन्तर्गत नेपालले आफ्नो तेस्रो खेलमा १७६ रनको चुनौतीपूर्ण लक्ष्य पाएको छ । टस हारेर पहिले फिल्डिङको निम्तो पाएको नेपालले मेलबर्न स्टार्स एकेडेमीविरुद्ध १७६ रनको लक्ष्य पाएको हो ।
मेलबर्नले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७५ रन जोड्यो । मेलबर्नका लागि ओपनर ब्ल्याके माकडोनल्डले सर्वाधिक ७४ रन बनाए । मात्र ४७ बल खेल्दै उनले ६ चौका र दुई छक्का प्रहार गरे ।
यस्तै थोमस रोजर्सले पनि ४६ बलमा ७ चौका र एक छक्काको सहयोगमा ६५ रनको आक्रामक पारी खेले । सन्दीपले ३ विकेट लिए । ४ ओभर बलिङ गर्दै उनले २६ रन खर्चे । सोमपाल र सहाब अलामले १/१ विकेट झारे ।
नेपालको यो तेस्रो खेल हो । यसअघिको दुवै खेलमा नेपाल पराजित भएको थियो । आरिफ शेख, भीम सार्की र दोस्रो खेलमा बेन्चमा बसेका साहब आलमलाई पनि आज प्लेइङ ११ मा राखिएको छ ।


















प्रतिक्रिया