२८ फाल्गुन २०८२, बिहिबार | March 12, 2026

लायन्स क्लब अफ बुटवल तिलोत्तमा र मायादेवीद्वारा पोशाक वितरण



बुटवल । लायन्स क्लब अफ बुटवल तिलोत्तमा र लायन्स क्लब अफ बुटवल तिलोत्तमा मायादेवीको संयुक्त आयोजनामा देवदह नगरपालिका-६ घोडाहास्थित सन्दीप आधारभूत विद्यालयका ६० जना बालबालिकालाई विद्यालय पोशाक वितरण गरिएको छ ।

आर्थिक अवस्थाका कारण विद्यालय पोशाक पाउन नसकेका विद्यार्थीलाई सहयोग गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा क्लबका पूर्व अध्यक्ष, सल्लाहकार तथा डिस्टिकका IPDG/MJF लायन पुरुषोत्तम भक्त प्रधानाङ्ग प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा रिजन चेयर पर्सन नवीन प्रसाद श्रेष्ठ, विद्यालयका प्राचार्य, दुबै क्लबका संयोजक, पदाधिकारी तथा लायन्स क्लबका सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

विद्यालय पोशाक प्राप्त गरेर विद्यार्थीहरू खुसी भएका थिए । अभिभावकहरूले समेत बालबालिकाको शैक्षिक यात्रा सहज बनाउन सहयोग गरेको भन्दै लायन्स क्लबप्रति आभार व्यक्त गरेका छन् ।

अध्यक्ष चिरञ्जीवी श्रेष्ठले बालबालिकालाई शिक्षामा प्रोत्साहित गर्ने उद्देश्यले विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको जानकारी दिए । उनले विद्यालयलाई आवश्यकताअनुसार आगामी दिनमा पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रकाशित मिति : २ भदौ २०८२, सोमबार  १२ : ३१ बजे

चितवन, गोरखा र उदयपुरमा भारी वर्षा

काठमाडौँ । मौसम बदली भएसँगै आज दिउँसो चितवन, गोरखा र

ग्लोबल आइएमई बैंकद्वारा ‘नन् रेसिडेन्ट र ओभरसिज बैंकिङ्ग विभाग’को शुभारम्भ

काठमाडौं । ग्लोबल आइएमई बैंकले विदेशमा बसोबास गरिरहेका नेपालीहरुका लागि

पश्चिम एशियाको युद्धले भारतीय रेस्टुरेन्टमा ग्यास सङ्कट

बेङ्गलुरु । पश्चिम एशियामा चर्किएको युद्धको प्रभाव भारतसम्म पुगेको छ

कालोसूचीमा पर्ने प्रावधानमा अध्ययन भइरहेको छ : गभर्नर पौडेल

वीरगन्ज । नेपाल राष्ट्र बैंकका गर्भनर डा विश्वनाथ पौडेलले राष्ट्र

आयल निगमको सूचनापछि ग्यासको अनावश्यक भण्डारण बढ्यो, ग्यास डिपोमा ग्राहकको घुँइचो

नेपालगन्ज । नेपाल आयल निगमले मध्यपूर्वको तनावको कारण देखाउँदै पेट्रोलियम