१३ फाल्गुन २०८२, बुधबार | February 25, 2026

डिम्व निष्काशन र भण्डारणमा रोक लगाउन सर्वोच्चको आदेश



काठमाडौँ । सर्वोच्च अदालतले महिला तथा बालबालिकाबाट डिम्व निष्काशन र भण्डारण गर्ने काम रोक लगाउन सरकारका नाममा अन्तरिम आदेश गरेको छ ।

न्यायाधीश टेकप्रसाद ढुङ्गानाको इजलासले आज डिम्व निष्काशन र भण्डारण गर्ने काम रोक लगानी नियमन र निगरानी बढाउनसमेत सरकारका नाममा अन्तरिम आदेश गरेको हो ।

आदेशमा भनिएको छ, “नेपाल राज्यभर महिला तथा बालबालिकाबाट डिम्व निष्काशन तथा भण्डारण गर्ने कार्यमा रोक लगाइ सरकारको नियमन र निगरानी प्रभावकारी बनाउनु ।”

अदालतले रिट निवेदनको विषयवस्तु अत्यन्त गम्भीर संवेदनशील र चाँडो किनारा लगाउनुपर्ने प्रकृतिको देखिँदा विपक्षीहरूको लिखित जवाफ परे वा पर्ने अवधि व्यतित भएको सात दिनभित्र कुनै पनि पक्षले पेसी हटाउन नपाउने गरी सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ७३ बमोजिम अग्राधिकार दिई पेसी चढ़ाइ अन्तिम सुनुवाइको लागि पेस गर्ने भनेको छ ।

आदेशमा उक्त संवैधानिक व्यवस्था र कानुनी प्रावधानको आलोकमा हेर्दा बालबालिकाको मौलिक हक संरक्षण गर्नु विपक्षीहरुको संवैधानिक कर्तव्य रहेको, बालिका तथा किशोरीहरु शोषण हुन सक्ने जोखिम र सुविधा सन्तुलनलाई दृष्टिगत गरी प्रस्तुत रिट निवेदनको अन्तिम टुङ्गो नलागेसम्म महिला तथा बालबालिकाबाट डिम्व निष्काशन तथा भण्डारण गर्ने कार्यमा रोक लगाइ सरकारको नियमन र निगरानी प्रभावकारी बनाउनु भनेको छ ।

संविधानको धारा ३५ ले प्रत्येक नागरिकलाई आधारभूत स्वास्थ्य सेवामा समान हकको प्रत्याभूति दिएको छ । राज्यलाई सार्वजनिक स्वास्थ्य, मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकारको सुनिश्चितता गर्न संवैधानिक दायित्व तोकेको छ ।

यससँगै, जनस्वास्थ्य सेवा ऐन, २०७५ ले मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार, महिला र किशोरीको स्वास्थ्य सुरक्षाको ग्यारेन्टी, स्वास्थ्य संस्थाहरुको सञ्चालन र नियमन गर्ने दायित्वलाई स्पष्ट गरेको आदेशमा छ ।

अधिवक्ताहरू ध्रुव भण्डारी र अङ्किता त्रिपाठीले सर्वोच्च अदालतमा किशोरीहरुको डिम्व सङ्कलन गरेर प्रयोग हुन रोक लगाउन आदेशको माग गर्दै रिट निवेदन दर्ता गरेका थिए ।

प्रकाशित मिति : ३ भदौ २०८२, मंगलबार  ११ : ०१ बजे

माघसम्म पूर्वी नाकाबाट ११ अर्ब ५२ करोडको पेट्रोलियम पदार्थ आयात

झापा । चालु आर्थिक वर्ष २०८२/८३ को माघ मसान्तसम्ममा पूर्वी

नेपाललाई प्रमुख पर्यटकीय गन्तव्य बनाउने नेपाली कांग्रेसको योजना

काठमाडौं । नेपाली कांग्रेसले नेपाललाई प्रमुख पर्यटकीय गन्तव्य बनाउने योजना

होलीमा सुनिन छाड्यो ‘जोगिरा सररर…!’ , संस्कृतिप्रेमीहरू चिन्तित

धनुषा । वसन्त ऋतुको आगमनसँगै मिथिलाञ्चलका गाउँटोलमा गुञ्जिने होलीको सुमधुर

प्रतिनिधिसभा निर्वाचन : कास्की-२ मा त्रिपक्षीय भिडन्त हुँदै

पोखरा । कास्की क्षेत्र नं २ मा १७ जना उम्मेदवार

‘फेक रेस्क्यू’मा संलग्न थप दुई जना पक्राउ

काठमाडौं । पर्वतारोहण क्षेत्रमा भएको ‘फेक रेस्क्यू’मा संलग्न थप दुई