१७ बैशाख २०८३, बिहिबार | April 30, 2026

बुटवल १४ र १५ मा सुकुम्बासी र अब्यवस्थित बसोबासीका लागि जग्गा नापजाँच सुरु



बुटवल । बुटवल उपमहानगरपालिकाले वडा नं. १४ र १५ का सुकुम्बासी तथा अव्यवस्थित बसोबासीका लागि जग्गा नापजाँचको काम सुरु गरेको छ । मंगलबार नगर प्रमुख खेलराज पाण्डेय, उपप्रमुख सावित्रादेवी अर्याल र भूमि समस्या समाधान आयोग रुपन्देहीका अध्यक्ष कुमार थापाको उपस्थितिमा नापजाँच कार्यको औपचारिक सुरुवात गरिएको हो ।

नगर प्रमुख पाण्डेयले अब लालपुर्जा वितरण गर्ने उद्देश्यसहित नापजाँच सुरु गरिएको जानकारी दिँदै तिनाउपारिका वडाहरुमा काम अन्तिम चरणमा पुगेको बताए । बाँकी रहेका टोलहरुमा पनि नापजाँचलाई तीव्र गतिमा अघि बढाउने उनले प्रतिबद्धता जनाए ।

उनका अनुसार नापी सकिएका जग्गाधनीले लालपुर्जा पाउन कानुनी प्रक्रिया पूरा गर्न अझै तीनदेखि चार महिना लाग्नेछ । नापजाँचका लागि आवश्यक स्रोत र साधनको व्यवस्था उपमहानगरपालिकाले गरिसकेको र लालपुर्जा वितरण गर्दा लाग्ने राजश्व संघीय सरकारको खातामा जम्मा हुने जानकारी उनले दिए ।

उपप्रमुख सावित्रादेवी अर्यालले जग्गा नापजाँचलाई अवरोध नगरी सहज बनाउन आग्रह गरिन् । उनले टोल विकास संस्था र वडा कार्यालयको समन्वयमा नापजाँच हुने भएकाले समयमा नै लालपुर्जा वितरण गर्न सहज हुने बताइन् । “नगरबासीलाई जग्गाको कानुनी हकदार बनाउन उपमहानगरपालिका लागि परेको छ,” उनले भनिन् ।

भूमि समस्या समाधान आयोग रुपन्देहीका अध्यक्ष कुमार थापाले जिल्लामा हालसम्म ७७ हजार अव्यवस्थित, सुकुम्बासी तथा भूमिहीन परिवारका निवेदन दर्ता भएको जानकारी दिए । आयोग शक्तिशाली रहेको भन्दै उनले पदाधिकारी परिवर्तन भए पनि काम नरोकिने स्पष्ट पारे ।

प्रकाशित मिति : ४ भदौ २०८२, बुधबार  ८ : ०१ बजे

अमेरिकी विशेष दूत सर्जियो गोर आज काठमाडौं आउँदै

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसियाका

झापामा हात्तीको आक्रमणबाट दुई जना घाइते

भद्रपुर । मेचीनगर नगरपालिका-४ बाहुनडाँगी चोक नजिक हात्तीको आक्रमणबाट आमाछोरी

करेन्ट लागेर महिलाको मृत्यु

कैलाली । धनगढी उपमहानगरपालिका-३ विशालनगरकी ३० वर्षीया नन्दकला विकको करेन्ट

अध्यादेशबारे राय लिन राष्ट्रपतिले वरिष्ठ संविधानविद्हरूसँग छलफल गर्दै

काठमाडौं। रामचन्द्र पौडेलले सरकारले सिफारिस गरेका अध्यादेशहरूबारे गम्भीर परामर्श गर्न

उखुको जुस बेच्दै आत्मनिर्भर बन्दै युवा

महोत्तरी । मधेस क्षेत्रमा दिनप्रतिदिन बढ्दो गर्मीसँगै उखुको जुस ९रस०