२८ भदौ २०८३, आइतबार | September 14, 2026

१० किलो अफिम सहित २ जना बाँके प्रहरीबाट पक्राउ



नेपालगन्ज । बाँके प्रहरीले १० किलो अफिम सहित २ जनालाई पक्राउ गरेको छ । बाँकेको राप्ती सोनारी गाँउपालिकाको कुसुमबाट अफिम सहित २ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

प्रहरीलाई प्राप्त गोप्य सुचनाका आधारमा दाङबाट कुसुम हुंदै नेपालगन्ज ल्याईंदै गरेको सो परिमाणको अफिम सहित रुकुम (पुर्व) पुथा उत्तरगंगा वडा नं. ८ वस्ने धन बहादर सेन र दाङ घोराही उप-महानगरपालिका वडा नं. १९ वस्ने वसन्त घर्ति मगरलाई प्रहरीले पक्राउ गरेको छ ।

शंकास्पदरुपमा हिंडिरहेका उनीहरुको खानतलासी गर्दा नर्थफेस लेखिएको झोलाबाट १० पोकामा प्याकिङ गरिएको अफिम फेला परेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डीएसपी सुवास खड्काले बताए ।

पक्राउ परेका दुईजनालाई लागु औषध ऐन बमोजिम कारवाही हुने प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २९ भदौ २०७७, सोमबार  २ : २२ बजे

भोटेकोशी बाढीपीडितलाई रु सात लाख १५ हजार सहयोग

काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्थापनाका

दश दिनमा उपत्यकामा चार लाख सिलिण्डर वितरण

काठमाडौँ । नेपाल आयल निगमले पछिल्लो २८ दिनमा ५२ हजार

कृष्णभीरमा नयाँ ट्याक परीक्षण सफल

चितवन । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा पहिरो खसेर सडक पूर्णरूपमा अवरुद्ध

छापा सञ्चारमाध्यम सिध्याउने दिशामा सरकार अघि बढेको छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान रास्वपा