६ भदौ २०८३, शनिबार | August 22, 2026

इंग्लिस प्रिमियर लिग : ब्राइटनविरुद्ध एभर्टनको जित



काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टनले पहिलो जित दर्ता गरेको छ । आइतबार राति भएको खेलमा ब्राइटनलाई २-० गोलले हराउँदै एभर्टन विजयी भएको हो ।

एभर्टनका लागि इलिमान नडियाये र जेम्स गार्नरले एक-एक गोल गरेका थिए । इलिमानले खेलको २३औँ मिनेटमा गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । यस्तै ५२औँ मिनेटमा गार्नरले गरेको गोलसँगै एभर्टनले २-० गोलको जित निकालेको हो ।

यो जितसँगै दुई खेलबाट ३ अंक जोडेको एभर्टन अंक तालिकाको आठौँ स्थानमा छ । पराजित भएको ब्राइटन १ अंकसहित १८औँ स्थानमा छ । यस्तै, गएराति नै भएका अन्य खेलमा म्यानचेस्टर युनाइटेड र फुलहम तथा क्रिस्टल प्यालेस र नटिङ्घम फरेस्टले १-१ गोलको बराबरी खेलेका छन् ।

प्रकाशित मिति : ९ भदौ २०८२, सोमबार  ८ : १४ बजे

पत्रकार महासङ्घ रुपन्देहीद्धारा वातावरण पत्रकारिता पुरस्कारलाई पुनः निरन्तरता दिइने

बुटवल । नेपाल पत्रकार महासङ्घ रुपन्देहीको समन्वयमा सञ्चालन हुँदै आएको

सम्बन्ध विच्छेदका मुद्दा उच्च

पाँचथर । जिल्ला अदालतमा दर्ता भएका मुद्दामध्ये सबैभन्दा बढी मुद्दा

राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका राष्ट्रपतिलाई बधाई

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बङ्गलादेशका २३ औँ राष्ट्रपतिमा मिर्जा

पहिरोले विभिन्न सडक अवरुद्ध

काठमाडौं । वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका

देशभर बदलीसँगै वर्षा, चार प्रदेशका पहाडी भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको