२५ बैशाख २०८३, शुक्रबार | May 9, 2026

हरेक पर्व, संस्कार र परम्परा नेपाली समाजको मौलिकता : देउवा



काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले हरितालिका ९तीज० पर्वले महिलाको जीवनसँग गाँसिएका सांस्कृतिक, पारिवारिक र भावनात्मक सम्बन्ध उजागर गरेको बताएका छन्।

तीजको अवसरमा शुभकामना सन्देश जारी गर्दै देउवाले तीजले महिलाको जीवनसँग गाँसिएका सांस्कृतिक, पारिवारिक र भावनात्मक पक्षहरू उजागर गर्नुका साथै चेलीबेटी र माइतीबीचको सम्बन्धलाई अझ प्रगाढ र हार्दिक बनाउन महत्त्वपूर्ण भूमिका खेलेको बताएका छन् ।

सभापति देउवा सन्देशमा नेपाल धार्मिक, सांस्कृतिक र परम्परागत विविधताले भरिपूर्ण मुलुक भएकाले यहाँका हरेक पर्व, संस्कार र परम्पराले नेपाली समाजको मौलिकता झल्काएको उल्लेख गरे ।

नेपाली महिलाहरूले विशेष रूपमा मनाउने हरितालिका तीज पर्वले समाजमा सौहार्दता, एकता, प्रेम, सद्भाव, विश्वास र भाइचाराको भावना सुदृढ गर्दै हाम्रो समाजलाई एक साझा फूलबारीका रूपमा प्रतिविम्बित गर्दै आएको सभापति देउवाले बताए ।

सन्देशमा भनिएको छ,“तीजजस्ता पर्वले हाम्रो सामाजिक जीवनलाई मात्र होइन, हाम्रो सांस्कृतिक पहिचानलाई समेत मजबुत बनाएको छ, यी पर्वहरू हाम्रा पहिचान हुन्, गौरव हुन् ।” उनले सन्देशमा हरितालिका तीजका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली दिदीबहिनीहरूमा पार्टी र आफ्नोतर्फबाट सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गरेका छन् ।

प्रकाशित मिति : १० भदौ २०८२, मंगलबार  ९ : ३८ बजे

यार्सा सिजन सुरु भएसँगै अपी हिमालका विद्यालय १५ दिन बन्द

दार्चुला । दार्चुलाको अपी हिमाल गाउँपालिकामा यार्सागुम्बा सङ्कलनको सिजन सुरु

प्रगतिशील सङ्गीत उत्सवः नौ बुँदे घोषणापत्र जारी

काठमाडौं । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान काठमाडौँको आयोजनामा

अस्थायी बसोबासमा नयाँ सहारा : खरिपाटी ‘होल्डिङ सेन्टर’ मा सुकुमवासीहरूको दैनिकी

काठमाडौँ । भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्र अस्थायी

बाँकेको नरैनापुरमा छोटी भन्सार सञ्चालनमा आउँदै

नेपालगन्ज । द्वन्द्वकालमा बन्द रहेको बाँकेको नरैनापुरस्थित छोटी भन्सार कार्यालय

उचित व्यवस्थापनविना सुकुम्वासीलाई विस्थापन नगर्न अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले उचित व्यवस्थापनविना सुकुम्वासीलाई विस्थापन नगर्न अन्तरिम