१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

हरेक पर्व, संस्कार र परम्परा नेपाली समाजको मौलिकता : देउवा



काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले हरितालिका ९तीज० पर्वले महिलाको जीवनसँग गाँसिएका सांस्कृतिक, पारिवारिक र भावनात्मक सम्बन्ध उजागर गरेको बताएका छन्।

तीजको अवसरमा शुभकामना सन्देश जारी गर्दै देउवाले तीजले महिलाको जीवनसँग गाँसिएका सांस्कृतिक, पारिवारिक र भावनात्मक पक्षहरू उजागर गर्नुका साथै चेलीबेटी र माइतीबीचको सम्बन्धलाई अझ प्रगाढ र हार्दिक बनाउन महत्त्वपूर्ण भूमिका खेलेको बताएका छन् ।

सभापति देउवा सन्देशमा नेपाल धार्मिक, सांस्कृतिक र परम्परागत विविधताले भरिपूर्ण मुलुक भएकाले यहाँका हरेक पर्व, संस्कार र परम्पराले नेपाली समाजको मौलिकता झल्काएको उल्लेख गरे ।

नेपाली महिलाहरूले विशेष रूपमा मनाउने हरितालिका तीज पर्वले समाजमा सौहार्दता, एकता, प्रेम, सद्भाव, विश्वास र भाइचाराको भावना सुदृढ गर्दै हाम्रो समाजलाई एक साझा फूलबारीका रूपमा प्रतिविम्बित गर्दै आएको सभापति देउवाले बताए ।

सन्देशमा भनिएको छ,“तीजजस्ता पर्वले हाम्रो सामाजिक जीवनलाई मात्र होइन, हाम्रो सांस्कृतिक पहिचानलाई समेत मजबुत बनाएको छ, यी पर्वहरू हाम्रा पहिचान हुन्, गौरव हुन् ।” उनले सन्देशमा हरितालिका तीजका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली दिदीबहिनीहरूमा पार्टी र आफ्नोतर्फबाट सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गरेका छन् ।

प्रकाशित मिति : १० भदौ २०८२, मंगलबार  ९ : ३८ बजे

जनकपुरलाई चार विकेटले हराउँदै लुम्बिनी लायन्स एनपीएलको प्लेअफमा प्रवेश

काठमाडौं । साविक विजेता जनकपुर बोल्ट्सलाई चार विकेटले हराउँदै लुम्बिनी

चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन्

बुटवल । रुपन्देहीको बुटवलमा भएको जिल्लास्तरीय चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवाद

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा