तनहुँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा विद्युतीय चिकित्सा प्रणाली (इएमआर)को शुभारम्भ गरेका छन् । अस्पतालमा आज आयोजित कार्यक्रममा उनले यो सेवा आरम्भ गरेका हुन् ।
विश्व स्वास्थ्य सङ्गठनले रु २५ लाख २६ हजार बराबरको उपकरण जडानसँगै सेवा सुरु भएको हो ।
दक्षिण एसियाको उत्कृष्ट श्वासप्रश्वास उपचार केन्द्रका रूपमा स्थापना गर्न सरकारले पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाका नाममा केन्द्र स्थापना गरेको हो ।
केन्द्रलाई शुक्लागण्डकी नगरपालिकाको बेलचौतारामा सात सय ४० रोपनी जग्गा प्राप्त भएको छ ।


















प्रतिक्रिया