१५ कार्तिक २०८३, आइतबार | November 1, 2026

तीज पर्वलाइ सबै नारीले समान ढंगले मनाउने पर्व बनाउनुपर्छ : नगर प्रमुख पाण्डेय



बुटवल । बुटवल उपमहानगरपालिकाका नगर खेलराज पाण्डेयले हरितालिकाको तीजलाई सबै नारीले समान ढंगबाट मनाउन सक्ने साझा पर्वका रूपमा विकास गर्नुपर्ने बताएका छन् ।

लोकदोहोरी प्रतिष्ठान नेपाल रुपन्देहीले देवीनगर चौपारीमा आयोजना गरेको तिज विशेष कार्यक्रममा शुभकामना व्यक्त गर्दै मेयर पाण्डेयले तिज पर्व अत्यधिक तडकभडकपूर्ण बन्दै जाँदा सामान्य वर्गका महिलाको पहुँच बाहिरिने गरेको बताए । उनले यसलाई सबै नागरिकले सहज रूपमा मनाउन सक्ने खालको पर्व बनाउनुपर्नेमा जोड दिए ।

लोकदोहोरी प्रतिष्ठान नेपाल रुपन्देहीका अध्यक्ष विजय सापकोटाले नेपाली मौलिक संस्कृतिको संरक्षण र जगेर्नाका लागि यस किसिमको कार्यक्रम आयोजना गरिएको बताए । कार्यक्रममा सल्लाहकार खेम हमालसहित विभिन्न अतिथिहरूले पनि तिजका गीतमा सहभागी भई रमाइलो गरेका थिए ।

तीज विशेष कार्यक्रममा कलाकार प्रचण्ड जिसी, बिधान कार्की, सम्झना रणपाल, कोपिला न्यौपाने, दीपक गरौजा मगर, लालमाया थापा, विष्णु सिजाली, विष्णु श्रीपाली, श्रमशु थापा, दुर्गा नेपाल, योगराज पोखरेल, हेमबहादुर सिजाली, रेनु राना लगायतका कलाकारहरूले आकर्षक प्रस्तुति दिएका थिए ।

कार्यक्रमको सञ्चालन सचिव बिधान कार्की र रेशम खनालले गरेका थिए भने स्वागत उपाध्यक्ष रितु थापाले गरेकी थिइन् । कार्यक्रममा स्थानीय जनसमुदायको बाक्लो उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : १० भदौ २०८२, मंगलबार  ९ : २२ बजे

नेपालगन्ज भन्सारबाट तीन महिनामा पाँच अर्ब २४ करोड राजस्व, लक्ष्य हासिल गर्न असफल

नेपालगन्ज । नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन

नेपालको पर्यटन विश्वमाझ पु¥याउन ‘टिकटक’सँग पर्यटन बोर्डको सहकार्य

काठमाडौँ । नेपालका पर्यटकीय गन्तव्यलाई अन्तरराष्ट्रिय सामाजिक सञ्जाललागतय विद्युतीय माध्यमबाट

राष्ट्र बैंककी उपनिर्देशक विनिता गुरुङ बनिन् मिसेस नेपाल वर्ल्ड

काठमाडौं । २१ प्रतिस्पर्धीलाई पछाडि पार्दै नेपाल राष्ट्र बैंककी उपनिर्देशक

सिक्टा सिँचाइ आयोजनाद्वारा उपभोक्ता किसानको लगत सङ्कलन

नेपालगन्ज । निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाले सिञ्चित क्षेत्रका

अम्बे स्टिल कम्पनीमा पुनः आगलागी, ८ मजदुर घाइते, २ जनाको अवस्था गम्भीर

नेपालगन्ज । अघिल्लो पटक आगलागी भएको १० औ दिनमा बाँकेको