१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

बुटवल उद्योग वाणिज्य संघको साधारण सभा असोज २७ गते



बुटवल । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको वार्षिक साधारण सभाको मिति तय गरिएको छ । कार्यसमिति बैठकले संघको ७२ औं वार्षिक साधारण सभा आगामी असोज २७ गते सोमबारका दिन गर्ने निर्णय गरिएको संघका महासचिव मुक्तिप्रसाद अधिकारीले जानकारी दिए ।

संघका अध्यक्ष हरिप्रसाद अर्यालको अध्यक्षतामा बसेको कार्यसमिति बैठकले साधारण सभा तयारीका लागि विभिन्न उपसमितिहरु समेत गठन गरिएको छ । साधारण सभामा सहभागि सदस्यहरुलाई वितरण गर्ने किट व्याग व्यवस्थापनका लागि कार्यसमिति सदस्य जगन्नाथ न्यौपाने, खाना तथा खाजा व्यवस्थापनका लागि कार्यसमिति सदस्य उमेश अमात्य र स्वागत तथा सत्कारका लागि कार्यसमिति सदस्य रेनु श्रेष्ठलाई संयोजकको जिम्मेवारी प्रदान गरिएको छ ।

त्यसैगरी मतसर्वेक्षणका लागि कार्यसमिति सदस्य सुनिता शर्मा वञ्जाडे, प्रस्ताव लेखनमा कार्यसमिति सदस्य कृष्णप्रसाद पाण्डे, मञ्च तथा हल व्यवस्थापनका लागि कार्यसमिति सदस्य निर्मित कसजू, निमन्त्रणा कार्ड व्यवस्थापनका लागि कार्यसमिति सदस्य काशिराम शर्मा पौडेल, पार्किङ व्यवस्थापनको लागि कार्यसमिति सदस्य टिकाराम वञ्जाडे र सौजन्य तथा सहयोग व्यवस्थापनको लागि कार्यसमिति सदस्य गणेशप्रसाद भट्टराईलाई संयोजकको जिम्मेवारी प्रदान गरिएको हो ।

प्रकाशित मिति : ११ भदौ २०८२, बुधबार  ८ : ५२ बजे

कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या, बेलहियाबाट पक्राउ

काठमाडौँ । कारागारमा कैद भुक्तानीका बेला चिनजान भएकी सुरक्षाकर्मीलाई घरमै

आयोगद्वारा निर्वाचनमा समावेशिता र सुशासन सुनिश्चित गर्न दललाई निर्देशन

काठमाडौँ । निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा

विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न माग

काठमाडौँ । उज्यालो नेपाल पार्टीले विदेश तथा आफ्नो निर्वाचन क्षेत्र

जनकपुरलाई चार विकेटले हराउँदै लुम्बिनी लायन्स एनपीएलको प्लेअफमा प्रवेश

काठमाडौं । साविक विजेता जनकपुर बोल्ट्सलाई चार विकेटले हराउँदै लुम्बिनी

चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन्

बुटवल । रुपन्देहीको बुटवलमा भएको जिल्लास्तरीय चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवाद