१ पुस २०८२, मंगलबार | December 16, 2025

एमाले महाधिवेशन तयारी तीव्र पार्न महासचिवको पोखरेलको निर्देशन



काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले दोस्रो विधान महाधिवेशनलाई भव्यतापूर्वक सम्पन्न गर्नका सबै उपसमितिलाई सक्रियतापूर्वक तयारी गर्न निर्देशन दिएका छन् ।

ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आज महाधिवेशन व्यवस्थापन समितिको आजको बैठकलाई सम्बोधन गर्दै सबै उपसमितिलाई तयारीलाई तीव्र पार्न निर्देशन दिएका हुन्् ।

महासचिव पोखरेलले विधान महाधिवेशनको मूल नारा तय भइसकेकाले अब त्यसकै आधारमा प्रचारप्रसारको कामलाई व्यापक बनाउन पनि निर्देशन दिए । उनले पूर्वनिर्धारित योजनाअनुरूप नै व्यवस्थापनको काम अघि बढेको पाइएको बताए ।

पार्टी प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले भदौ १५ गतेदेखि तयारीको कामलाई थप तीव्रता दिने निर्णय भएको जानकारी दिए । उनकाअनुसार बैठकमा आठवटै उपसमितिका प्रमुखहरुले आफ्नो आफ्नो तयारीका बारेमा रिपोर्टिङ गरेका थिए ।

प्रतिनिधि व्यवस्थापन, मञ्च तथा हल व्यवस्थापन, स्वयंसेवक व्यवस्थापन आवास व्यवस्थापन, खाद्य व्यवस्थापन, प्रचार व्यवस्थापन, यातायात व्यवस्थापन, स्वास्थ व्यवस्थापन, सांस्कृतिक व्यवस्थापन, स्वागत गेट तथा साजसज्जा र दस्तावेज प्रकाशन व्यवस्थापन टिमले आफ्ना तयारीका बारेमा रिपोर्टिङ गरेका छन् । बैठकमा उपमहासचिवद्वय प्रदीप ज्ञवाली र विष्णु रिमाल पनि सहभागी थिए ।

पार्टीको विधान महाधिवेशन यही भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीस्थित सनराइज हलमा आयोजना गरिएको छ । पार्टीले हिजोमात्र महाधिवेशनको मूल नारा तय गरेको छ ।

“निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो सङ्कल्प, समृद्ध नेपाल, सुखी नेपाली राष्ट्रिय गन्तव्य’ लाई पार्टीले मूल नारा बनाएको छ । महाधिवेशनमा प्रतिनिधि र आयोजक गरी कूल दुई हजार ३७८ रहेका छन् ।

प्रकाशित मिति : ११ भदौ २०८२, बुधबार  ९ : ५४ बजे

एडिबीबाट १४ अर्ब ३८ करोड सहुलियत ऋण स्वीकार गर्ने मन्त्रिपरिषदको निर्णय

काठमाडौँ । सरकारले सार्वजनिक वित्त व्यवस्थापन र हस्तान्तरणसम्बन्धी कार्यक्रमका लागि

एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा