१० फाल्गुन २०८२, आइतबार | February 22, 2026

अमेरिकी भिसा कडाइले विद्यार्थी र पत्रकार प्रभावित हुने



काठमाडौं । अमेरिकी सरकारले विदेशी विद्यार्थी, सांस्कृतिक आदानप्रदान कार्यक्रममा सहभागी हुने व्यक्ति तथा पत्रकारहरूलाई लक्षित गरी नयाँ भिसा नियम ल्याउने तयारी गरेको छ । प्रस्तावित नियमले उनीहरूको अमेरिका बसाइ अवधि सीमित गर्ने बताइएको छ ।

अमेरिकी गृह सुरक्षा विभागले बुधबार सार्वजनिक गरेको प्रस्तावित नियमअनुसार, ट्रम्प प्रशासनले विदेशी विद्यार्थीहरूको भिसा अवधि चार वर्षमा सीमित गर्ने तयारी गरेको बीबीसीले जनाएको छ ।

गृह सुरक्षा विभागले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “यो प्रस्तावित नियमले विदेशी विद्यार्थीलगायत केही भिसा धारकहरूको बसाइ अवधि घटाउनेछ । यसले भिसाको दुरुपयोग रोक्ने र यस्ता व्यक्तिहरूलाई उचितरूपमा जाँच तथा निगरानी गर्ने क्षमतालाई सुदृढ बनाउनेछ ।”

प्रस्तावअनुसार, विदेशी विद्यार्थीलाई दिइने ‘एफ’ भिसा र सांस्कृतिक आदानप्रदान कार्यक्रमका सहभागीलाई दिइने ‘जे’ भिसाको अवधि बढीमा चार वर्ष हुनेछ । त्यस्तै, विदेशी पत्रकारलाई दिइने ‘आई’ भिसाको अवधि २४० दिनमा सीमित गरिने प्रस्ताव गरिएको छ, जसलाई आवश्यक परे थप गर्न सकिने व्यवस्था रहनेछ ।

हालको व्यवस्थाअनुसार, विदेशी विद्यार्थीहरूलाई “ड्युरेसन अफ स्टेटस” (अध्ययन अवधि भर) को आधारमा अमेरिकामा बस्न अनुमति दिइएको छ । यसअन्तर्गत उनीहरूले अध्ययन कार्यक्रम सकिँदासम्म बस्न पाउने र त्यसपछि ओपीटी कार्यक्रममार्फत एच-वानबी भिसामा प्रवेश गर्ने व्यवस्था रहँदै आएको छ । तर, नयाँ नियमले यस प्रणालीलाई प्रतिस्थापन गर्ने लक्ष्य राखेको छ ।

नयाँ व्यवस्थाले विदेशी विद्यार्थीहरूको बसाइमा कडाइ ल्याउने, निगरानीलाई सहज बनाउने र भिसाको दुरुपयोग रोक्ने दाबी ट्रम्प प्रशासनले गरेको छ । तर, धेरैजसो विद्यार्थीलाई स्नातकोत्तर वा पीएचडी गर्न चार वर्षभन्दा बढी लाग्ने भएकाले उनीहरूलाई भिसा नवीकरणका लागि पुनः आवेदन दिनुपर्ने हुनेछ ।

विशेषज्ञहरूले यस निर्णयले अमेरिकामा अध्ययनरत विद्यार्थी, आईटी कम्पनीहरू र काम गर्ने विदेशी नागरिकमा प्रत्यक्ष असर पार्ने मूल्यांकन गरेका छन् । यससँगै एच-वानबी र ग्रिन कार्ड प्रणालीमा समेत परिवर्तन ल्याई केवल उत्कृष्ट प्रतिभा आकर्षित गर्ने नीति अगाडि सारिने बताइएको छ ।

प्रकाशित मिति : १३ भदौ २०८२, शुक्रबार  १२ : ४५ बजे

रास्वपाले घण्टी बजाउँदै चुनाव प्रचार गर्न नपाउने

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनको प्रचारप्रसारका क्रममा राजनीतिक दल

कीर्तिपुरका पूर्वमेयर र वडाअध्यक्ष एमाले परित्याग गरी नेकपामा प्रवेश

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एमाले) परित्याग गरी कीर्तिपूर नगरपालिकाका पूर्वमेयर

कुलमान घिसिङको दाबी : जनताले अवसर दिए एक वर्षमै देखिने परिवर्तन गर्छौँ

बुटवल । उज्यालो नेपाल पार्टी (उनेपा) का अध्यक्ष कुलमान घिसिङले

कालिकापथलाई व्यवस्थित र आकर्षक व्यापारिक केन्द्रका रूपमा विकास गर्छु : चुन्नप्रसाद पौडेल

बुटवल । रूपन्देही निर्वाचन क्षेत्र नं. २ मा नेपाली काङ्ग्रेसका

विश्वदीपसंग तिलोत्तमावासीले भने- छाडा चौपाया व्यवस्थापनमा पहल होस्

बुटवल । तिलोत्तमा नगरपालिकावासी मतदाताले रुपन्देही क्षेत्र नं-२ का उम्मेदवार