१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

तनहुँमा ८६३ मेट्रिकटन आलु उत्पादन



तनहुँ । आलु प्रवद्र्धन आयोजना कार्यक्रमअन्तर्गत तनहुँमा ८६३ मेट्रिकटन आलु उत्पादन भएको छ । आर्थिक वर्ष २०८१/८२ मा १३ कृषक समूहमार्फत् एक हजार रोपनी क्षेत्रफलमा उक्त परिमाणमा आलु उत्पादन भएको हो ।

कृषक समूह र सहकारीमार्फत क्लष्टरमा आलुखेती गरिएको कार्यालय प्रमुख गोपाल शर्मा लामिछानेले जानकारी दिए । एउटा क्लष्टरमा कम्तीमा ३० रोपनी क्षेत्रफलमा आलु खेती गर्नुपर्ने हुन्छ । उक्त कार्यक्रमका लागि रु ९३ लाख ३० हजार बजेट विनियोजन गरिएको उनले बताए । यसका लागि प्रति समूहलाई ८० क्विन्टल किलो आलुको बीउ उपलब्ध गराइएको थियो ।

कार्यालय प्रमुख लामिछानेका अनुसार किसानलाई जनकदेव, एमएस र काडिनल जातको आलुको बीउ ७५ प्रतिशत अनुदानमा प्रदान गरिएको थियो । उनीहरुलाई खेती गर्न विभिन्न उपकरण समेत उपलब्ध गराएको उनले बताए ।

प्रकाशित मिति : १३ भदौ २०८२, शुक्रबार  १ : ३९ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा