२० श्रावण २०८३, बुधबार | August 5, 2026

एससीओ शिखर सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री ओली आज चीन जादै



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज बिहान ७ बजे हिमालयन एयरलाइन्सको चार्टर्ड फ्लाइटमार्फत चीन प्रस्थान गर्दैछन् । उनी भदौ १४ देखि १८ गतेसम्म चीनमा हुने शाङ्घाई सहयोग संगठन (एससीओ) को शिखर सम्मेलनमा सहभागी हुने कार्यक्रमका लागि चीन प्रस्थान गर्न लागेका हुन् ।

परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री ओलीको नेतृत्वमा २३ सदस्यीय नेपाली प्रतिनिधिमण्डल चीन गएको छ । सो टोलीमा उनकी पत्नी राधिका शाक्य, पूर्वउपप्रधानमन्त्री पूर्णबहादुर खड्का, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडा, सांसद छविलाल विश्वकर्मा र उच्चपदस्थ कर्मचारीहरू पनि छन् ।

प्रधानमन्त्री ओलीले चीन भ्रमणका क्रममा ६ मुलुकका सरकार प्रमुखसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ । उनले चीनका राष्ट्रपति सी चिनफिङ, रसियाका राष्ट्रपति भ्लादिमीर पुटिन, माल्दिभ्सका राष्ट्रपति डा. मोहमद मिज्जु, कम्बोडियाका प्रधानमन्त्री डा. हुन मानेट, लाओसका प्रधानमन्त्री सोनेसाइ सिपानडोन र भियतनामका प्रधानमन्त्री फाम मिन चिङसँग छुट्टाछुट्टै वार्ता गर्ने निश्चित भएको छ ।

भदौ १६ गते उनले तियानजिनमा हुने एससीओ–प्लस शिखर सम्मेलनलाई सम्बोधन गर्नेछन् । साथै, भदौ १७ मा बेइजिङमा चीनका उपराष्ट्रपति हान झेङसँग भेटघाट गर्ने कार्यक्रम छ । भदौ १८ मा प्रधानमन्त्री ओली बेइजिङमा आयोजना हुने दोस्रो विश्वयुद्धको विजयको ८०औँ वार्षिकोत्सव कार्यक्रममा सहभागी हुनेछन् ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी पनि एससीओ सम्मेलनका लागि चीन जान लागेका छन् । यद्यपि प्रधानमन्त्री ओलीले प्रतिनिधिसभामा मोदीसँग द्विपक्षीय भेटवार्ताबारे प्रष्ट पारिसकेका छैनन् । परराष्ट्र मन्त्रालयका अनुसार समय मिलाउने प्रयास भइरहेको छ । संसदमा सांसदहरूले चीन भ्रमणका क्रममा लिपुलेकको विषय चीन र भारतसँग उठाउन प्रधानमन्त्रीलाई सुझाव दिएका छन् । पत्रकारहरूसँग कुराकानी गर्दै ओलीले उच्चस्तरीय भेटवार्तामा लिपुलेक मुद्दा उठाउने बताएका थिए ।

प्रधानमन्त्री ओली भदौ १८ गते बेलुकी साढे १० बजे स्वदेश फर्कने कार्यक्रम छ । उनले यसअघि २०८१ मंसिरमा चीनको औपचारिक भ्रमण गरेका थिए ।

प्रकाशित मिति : १४ भदौ २०८२, शनिबार  ५ : ४२ बजे

नेप्सेमा सामान्य सुधार, चार अर्ब ४० करोडभन्दा बढीको कारोबार

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेपाल स्टक एक्सचेञ्ज

बाढी-पहिरोबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध

काठमाडौं । सडक विभागले बाढी र पहिरोबाट तीन वटा पूर्ण

ग्यास वितरणका समस्या समाधान गर्न द्रुत प्रतिकार्य टोली गठन

काठमाडौँ । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यास वितरणका

११४ दिनपछि काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालयको ताला खुल्यो

काठमाडौँ । भाडासम्बन्धी विवादका कारण चार महिनादेखि तालाबन्द रहेको भृकुटीमण्डपस्थित

सुनसरी-सिरहा घटनाका मृतकलाई क्षतिपूर्ति र घाइतेको उपचार सरकारले गर्ने

काठमाडौं । सरकारले सुनसरी र सिरहामा हालै भएका प्रदर्शनका क्रममा