काठमाडौं । आईसीसी विश्वकप तयारीका क्रममा अस्ट्रेलियामा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले अभ्यास खेलमा साउथ अस्ट्रेलियामाथि २ विकेटको रोमाञ्चक जित हात पारेको छ ।
टस हारेर पहिले ब्याटिङ गरेको साउथ अस्ट्रेलियाले ४५ ओभरमा सबै विकेट गुमाउँदै २४२ रनको योगफल खडा गर्यो । जवाफी ब्याटिङमा नेपालले ४४ दशमलव १ ओभरमा ८ विकेट गुमाउँदै २४४ रन पूरा गर्यो ।
नेपालको जितमा कप्तान रोहित पौडेलको अविजित शतक निर्णायक रह्यो । उनले १०१ रनको नटआउट पारी खेले । अन्तिम समयमा उनले सोमपाल कामीसँग मिलेर टोलीलाई जितसम्म पुर्याए ।
१६१ रनको अवस्थामा ८ विकेट गुमाइसकेको नेपाललाई रोहित र सोमपालले ८५ रनको अविजित साझेदारी गर्दै जित दिलाए । सोमपालले उत्कृष्ट अलराउन्ड प्रदर्शन गर्दै अविजित ३८ रन बनाउनुका साथै बलिङमा पनि योगदान दिए ।
यसअघि गुलशन झाले ३६ रन तथा कुशल भुर्तेलले २६ रन जोडेका थिए ।


















प्रतिक्रिया