२० आश्विन २०८३, मंगलबार | October 7, 2026

नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तानीमा फर्किए सन्दीप लामिछाने



काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले लामो समयपछि पुनः कप्तानीको जिम्मेवारी पाएका छन् ।

नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार एसीसी प्रिमियर कपका लागि सन्दीपलाई नेपाली टोलीको कप्तान नियुक्त गरेको हो । क्यानले रोहित पौडेललाई कप्तानीबाट हटाउँदै सन्दीपलाई एकदिवसीय टोलीको नेतृत्वको जिम्मेवारी दिएको जनाएको छ ।

सन्दीप सन् २०२२ पछि पहिलोपटक नेपाली टोलीको कप्तान बनेका हुन् । उनले पछिल्लो पटक २०२२ अगस्ट ३० मा नेपालका लागि कप्तानी गरेका थिए ।

सन्दीपको कप्तानीमा क्यानले १४ सदस्यीय टोलीसमेत घोषणा गरेको छ । टोलीमा आशिफ शेख, रोहित पौडेल, अर्जुन कुमाल, देव खनाल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, बसिर अहमद, इशान पाण्डे, गुलशन झा, शेर मल्ल, ललित राजवंशी, करण केसी र हेमन्त धामी रहेका छन् ।

एसीसी प्रिमियर कप आगामी अगस्ट ३० देखि सेप्टेम्बर १२ सम्म मलेसियामा आयोजना हुँदैछ ।

प्रकाशित मिति : २६ श्रावण २०८३, मंगलबार  ७ : ४३ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला । गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ ।

घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला

काठमाडौँ । दसैँको समयमा यात्रुको सहज आवागमनलाई व्यवस्थित बनाउन घटस्थापनादेखि

कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी

काठमाडौँ । नेपाली कांग्रेसको पार्टीको १५औँ महाधिवेशन अन्तरर्गतको निर्वाचनका लागि

शिक्षा पत्रकार समूहको अध्यक्षमा जनक नेपाल चयन

काठमाडौँ । शिक्षा पत्रकार समूहको १३औँ अधिवेशनबाट पत्रकार जनक नेपालको

दसैँको साइत : कात्तिक ४ गते बुधबार १०ः२६ बजे विजया दशमीको उत्तम

काठमाडौं । यस वर्ष विजया दशमीको साइत कात्तिक ४ गते