१० पुस २०८२, बिहिबार | December 25, 2025

उखुपछि दूध उत्पादक किसानको आन्दोलन, डीडीसी कार्यालयमा धर्ना दिँदै



काठमाडौं । उखु किसान सडक आन्दोलनमा उत्रिएका बेला दूध उत्पादक किसानहरू पनि आन्दोलित भएका छन् । दूधको मूल्य भुक्तानी नपाएको भन्दै उनीहरूले आज (आइतबार) काठमाडौंको लैनचौरस्थित दुग्ध विकास संस्थान (डीडीसी) को कार्यालयमा धर्ना दिँदैछन् ।

अखिल नेपाल किसान महासंघका प्रचार तथा प्रकाशन विभाग प्रमुख डा. भेषराज अधिकारीका अनुसार धर्ना कार्यक्रम मध्याह्न १२ बजे सुरु भएर करिब एक घण्टा चल्नेछ । धर्नामा काठमाडौं उपत्यकासहित काभ्रे, नुवाकोट, धादिङलगायत जिल्लाका किसानहरूको सहभागिता रहने छ ।

डा। अधिकारीले गत वर्षदेखि नै दूधको भुक्तानी नपाउँदा किसानहरू ठूलो आर्थिक संकटमा परेको बताए । “दूधको बक्यौता रकम भुक्तानी नगरेकाले किसानहरूले परिवार पालनपोषण, छोराछोरीको शिक्षा-दीक्षा र पशुपालनमा गम्भीर कठिनाइ व्यहोर्नुपरेको छ,” उनले भने ।

किसान महासंघका अनुसार दूधको बक्यौता भुक्तानीबारे पटक-पटक सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउँदा पनि सम्बोधन नभएकाले बाध्य भएर धर्ना दिनुपरेको हो । उनीहरूले आफ्ना जायज माग पूरा गराउन दबाब दिने उद्देश्यले आन्दोलन थालेका छन् ।

यसैबीच, उखु किसानहरूले पनि सरकारले अनुदान रकम प्रतिक्विन्टल ७० रुपैयाँबाट घटाएर ३५ रुपैयाँमा सीमित गर्ने निर्णय गरेपछि आन्दोलित भएका छन् । उनीहरूले काठमाडौंको माइतीघरमा प्रदर्शन गर्दै आएका छन् भने आगामी भदौ २५ गतेदेखि राजमार्ग अवरुद्ध पारेर आन्दोलन गर्ने निर्णय गरेका छन् ।

प्रकाशित मिति : १५ भदौ २०८२, आइतबार  ७ : ४५ बजे

भारतको गीडा औद्योगिक क्षेत्रका उद्योगीसँग अन्तरसंवाद, उद्योग तथा पर्यटन क्षेत्रमा सहकार्य गर्ने प्रतिवद्धता

बुटवल । भारतको गीडा औद्योगिक क्षेत्रका उपाध्यक्ष प्रविण मोदीको नेतृत्वमा

नाग्म-गमगढी मार्गमा सात पुल निर्माण

जुम्ला । नाग्म-गमगढी सडकखण्डमा सात पक्की पुल निर्माण गरिएको छ

शीतलहर र हिमपातबाट प्रभावितलाई तत्काल राहत दिन प्रचण्डको अपील

काठमाडौं । मौसममा आएको परिवर्तनका कारण तराई–मधेश क्षेत्रमा शीतलहर र

निर्वाचनका निम्ति सरकारले काम गरिरहेको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आगामी निर्वाचन सफलापूर्वक सम्पन्न गर्न