१२ जेष्ठ २०८३, मंगलबार | May 26, 2026

लुम्बिनीमा प्रेसिडेन्ट ग्रुपको १६ औँ शाखा सञ्चालन, पर्यटन प्रवर्द्धनमा सहयोग हुने अपेक्षा



लुम्बिनी । प्रेसिडेन्ट ग्रुपले लुम्बिनीको महिलवार चोकस्थित ५ नं. गेट मायादेवी मन्दिर नजिकै आफ्नो १६ औँ शाखा औपचारिक रुपमा सञ्चालनमा ल्याएको छ । काठमाडौंमा १५ वटा शाखा सञ्चालन गरिसकेको ग्रुपले शनिबारदेखि लुम्बिनीमा पनि आफ्नो सेवा विस्तार गरेको हो ।

२५ वटा आकर्षक र सुविधासम्पन्न कोठासहित सुरु भएको होटलले स्वच्छ वातावरण, सस्तो मूल्यमा गुणस्तरीय सेवा, र नेपाली आर्गानिक खानामा विशेष जोड दिने जनाएको छ ।

उद्घाटन समारोह लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपानेले गरे । उनले लुम्बिनीलाई धार्मिक, सांस्कृतिक र ऐतिहासिक सम्पदाको केन्द्रका रूपमा विश्वसामु प्रस्तुत गर्न निजी क्षेत्रको सक्रियता अपरिहार्य भएको उल्लेख गरे । “पर्यटनको विकास केवल सरकारको प्रयासले सम्भव हुँदैन, निजी क्षेत्रको सहकार्य र लगानी पनि उत्तिकै जरुरी छ,” मन्त्री न्यौपानेले भने ।

कार्यक्रममा सहभागी होटल व्यवसायीहरूले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रूपमा सञ्चालन नहुँदा लगानी जोखिममा परेको गुनासो गर्दै सरकारलाई लगानीमैत्री वातावरण बनाउन आग्रह गरे ।

रोजगारीमा समावेशीता र मौलिक नेपाली स्वाद

प्रेसिडेन्ट ग्रुपले सुरुबाटै “स्वाद, स्वास्थ्य र आतिथ्यता सँगसँगै” भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै आएको छ । सन् २००६ (वि.सं. २०६३) मा काठमाडौंको सुन्धाराबाट सुरु भएको यो व्यवसाय हाल १९ वर्षमा देशव्यापी रूपमा विस्तार भएको छ ।

हाल ग्रुपका विभिन्न शाखामा करिब ३५० जना कार्यरत छन्, जसमा २८ जना अपाङ्गता भएका व्यक्तिहरु समेत समावेश छन् । ग्रुपले १ लाख ६ हजारभन्दा बढी प्रिभिलेज गेष्ट सदस्यता वितरण गरेको छ, जसअन्तर्गत ग्राहकले १५ प्रतिशत छुटसहित विशेष सुविधा प्राप्त गर्न सक्छन् ।

ग्रुपका अध्यक्ष शंकर भण्डारीका अनुसार, प्रेसिडेन्टले नेपाली खानालाई प्राथमिकतामा राख्दै सेकुवालाई सिग्नेचर डिशका रूपमा अघि बढाइरहेको छ । उनले भने, “नेपाली खाना स्वाद मात्र होइन, हाम्रो पहिचान पनि हो । त्यसैले हामीले स्थानीय उत्पादनको प्रयोगलाई प्रोत्साहन गर्दै मौलिक नेपाली खानालाई प्रवर्द्धन गरिरहेका छौँ ।”

आगामी विस्तार योजना

प्रेसिडेन्ट ग्रुपले आगामी तीन वर्षभित्र देशभर ८ वटा पर्यटकीय स्तरका होटल र कम्तीमा ५ वटा प्रेसिडेन्ट सेकुवा मल्टिक्युजिन रेस्टुरेन्ट सञ्चालन गर्ने लक्ष्य लिएको छ । साथै, फ्रेन्चाइज मोडेलमार्फत व्यवसायलाई थप विस्तार गर्ने योजनासमेत सार्वजनिक गरिएको छ ।

लुम्बिनीमा सुरु भएको नयाँ शाखाले स्थानिय पर्यटन र आतिथ्य व्यवसायलाई थप गति दिने विश्वास व्यक्त गरिएको छ ।

प्रकाशित मिति : १६ भदौ २०८२, सोमबार  ७ : ५३ बजे

ईयू आबद्ध देशका राजदूतसँग सामूहिक भेटवार्ता गर्दै प्रधानमन्त्री बालेन्द्र शाह

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले आज नेपालस्थित युरोपेली

रौतहटमा हुरीले घर भत्किँदा महिलाको मृत्यु

रौतहट । रौतहटमा सोमबार साँझ आएको हुरीले भत्केको घरले थिचिँदा

आजको मौसम : पहाडका केही स्थानमा मध्यम वर्षा, तराईमा तातो हावा

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा

यार्चागुम्बा सङ्कलन गर्न १३८ जनाले लिए अनुमतिपत्र

दार्चुला । दार्चुलाको हिमाली क्षेत्रमा पाइने बहुमूल्य जुडिबुटी यार्चागुम्बा सङ्कलनका

मणिमुकुन्द सेन पार्कमा ठडियो बिसे नगर्चीको सालिक

बुटवल । बुटवल – २ फुलबारीस्थित मणिमुकुन्द सेन पार्कमा बडामहाराज