१९ मंसिर २०८२, शुक्रबार | December 6, 2025

प्रधानमन्त्री ओली र लाओका राष्ट्रपतिबीच भेट



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लाओ जनप्रजातान्त्रिक गणतन्त्रका राष्ट्रपति थोंगलुन सिसौलिथसँग भेटवार्ता गरेका छन् ।

शाङ्घाइ सहयोग सङ्गठन (एससीओ) प्लसको शिखर सम्मेलनमा सहभागी हुन चीन पुगेका ओलीले सोमबार बिहान सिसौलिथसँग दुई पक्षीय वार्ता गरेका हुन् ।

प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार वार्तामा आपसी सहयोग र सम्बन्ध विस्तारका विषयमा छलफल भएको छ ।

यसअघि ओलीले चिनियाँ राष्ट्रपति सी जिनफिङ, भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलगायत विभिन्न देशका राष्ट्रप्रमुख तथा सरकार प्रमुखहरूसँग पनि भेटवार्ता गरिसकेका छन् ।

प्रधानमन्त्री ओली सोमबारै एससीओ शिखर सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : १६ भदौ २०८२, सोमबार  ८ : ४० बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले