१७ श्रावण २०८३, आइतबार | August 2, 2026

दलभित्रको आन्तरिक प्रतिस्पर्धाले पार्टीलाई मजबुत बनाउँछ : एमाले उपाध्यक्ष पाण्डे



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष सुरेन्द्र पाण्डेले राजनीतिक दलभित्र आन्तरिक प्रतिस्पर्धाले दललाई अझ मजबुत र सक्रिय बनाउने बताएका छन् ।

सेन्टर फर पब्लिक पोलिसी रिसर्च, नेपालद्वारा आयोजित ‘एमालेमा आन्तरिक लोकतन्त्र’ विषयक अन्तरसंवादमा उपाध्यक्ष पाण्डेले दलभित्र लोकतन्त्रको व्यवहारिक अभ्यास नभएसम्म सिङ्गो मुलुकमै लोकतान्त्रिक व्यवस्था प्रभावकारी नहुने धारणा व्यक्त गरे ।

“दुई–चार जना नेताले इच्छाएको भरमा पार्टीभित्रको एउटालाई तान्ने र अर्कालाई नतान्ने पद्धति ठीक हैन । आन्तरिक स्वतन्त्र प्रतिस्पर्धाले पार्टीलाई कुनै नोक्सान भएको म देख्दिनँ”, उनले भने, “प्रतिस्पर्धाले पार्टी र पार्टीका सङ्गठनहरु कमजोर हुँदैनन्, यसले पार्टीलाई अझ मजबुत बनाउँछ । पार्टीको र व्यक्तिहरुको सक्रियता बढाउँछ ।”

पूर्वअर्थमन्त्रीसमेत रहेका पाण्डेले अबको समय र सन्दर्भमा सर्वहारा वर्गको अधिनायकत्वका नाममा कम्युनिष्ट पार्टीको केन्द्रीय कमिटीको अधिनायकत्व हुने व्यवहारत अभ्यास टिकाउ नहुने तर्क राखे । उनले सन् १९९० मा सोभियत सङ्घको विघटनबारे चर्चा गर्दै अन्तरराष्ट्रिय अनुभवलाई ध्यानमा राखेर पार्टीभित्र लोकतान्त्रिकीकरणबारे सचेत गराए ।

उपाध्यक्ष पाण्डेले दलभित्र लोकतान्त्रिकीकरणको विषय नेकपा (एमाले)को आन्तरिक मामिला मात्र नभई मुलुककै लोकतान्त्रिक अभियानको महत्वपूर्ण मुद्दाका रुपमा बुझ्न आग्रहसमेत गरे ।

उनले पार्टीको आगामी अधिवेशनमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता र पार्टीको नेतृत्व दोहोरिने विषयमा छलफल गर्ने बताए। “दश वर्षसम्म कुनै एक व्यक्तिलाई कुनै एक जिम्मेवारीमा दिएपछि त्यो उसको क्षमता छभने त्यो दशै वर्षमा प्रकट हुन्छ । त्यसका लागि २० वर्ष कुर्नु पर्दैन वा १५ वर्ष कुर्नु पर्दैन”, उनले भने ।

प्रकाशित मिति : १६ भदौ २०८२, सोमबार  ४ : ३८ बजे

बढ्यो पेट्रोल, डिजल र मट्टीतेलको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गरेको

अभिभावक लक्षित स्वास्थ्य शिविर र रक्तदान, मन्त्रीले गरे रक्तदान

खजुरा । बाँकेको खजुरा स्थित अरुणोदय माध्यामिक विद्यालयले अभिभावक र

सन्तानेश्वर महादेव मन्दिर : धार्मिक पर्यटनको गन्तव्य

नेपालगन्ज । बाँकेको सन्तानेश्वर महादेव मन्दिर धार्मिक पर्यटनको गन्तव्यका रुपमा

प्रहरीको नियन्त्रणमा रहेका कर्मा समूहले यसरी मच्चाउथ्यो लुटपाट

काठमाडौँ । गत असार १३ गते बिहान करिब ४ः०० बजे

क्यान्सर अस्पतालका भौतिक पूर्वाधार निर्माणमा प्रदेश सरकारको सहकार्य हुनेछ : मन्त्री खत्री

नेपालगन्ज । लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्री रत्न खत्रीले