७ श्रावण २०८३, बिहिबार | July 23, 2026

पत्रकार महासंघ बाँकेमा ५५ जनाले गरेनन् सदस्यता नविकरण



नेपालगन्ज । पत्रकार महसंघ बाँके शाखा अन्तर्गत साबिक २४२ सदस्यहरु मध्य १८७ जनाले आफ्नो सदस्यता नविकरण गरेका छन् । महासंघको पटक पटक जारी सूचनापछि भाद्र १५ गते दिइएको अन्तिम समयसीमा सम्ममा १८७ जनाले सदस्यता नविकरण गरेको महासंघ बाँके शाखाले जानकारी दिएको छ ।

पत्रकारिताका बिभिन्न आधार र प्रमाण सहित सदस्यता नविकरणको आवेदन माग गरेपछि सदस्यता नविकरण गर्नेको संख्या घटेको अनुमान गरिएको छ । विगतमा गैरपत्रकारहरुले समेत सदस्यता प्राप्त गरेको भन्दै आलोचना हुँदै आएको थियो । महासंघले हरेक साधारणसभामा सुद्धिकरणको नारा तय गरेपनि दलगत संगठनको दवामा सुद्धिकरण नारामा सिमित हुँदै आएको छ ।

नविकरण नगरेका सदस्यहरुको हकमा केन्द्रको निर्णय बमोजिम हुने महासंघ बाँके शाखा अध्यक्ष नवीन गिरीले बताए । ‘हामीले नविकरणका लागि आएको आवेदन र बिधान अनुसारको सदस्यता शुल्क प्रदेश र केन्द्रमा पठाउँछौं,’ उनले भने, ‘त्यसपछि केन्द्रले गर्ने निर्णय र निर्देशन बमोजिम जे हुन्छ त्यही हुन्छ ।’

महासंघको बाँके शाखाले नविकरण गरेका १८७ सदस्यहरुको नामावली आज सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेको छ ।

प्रकाशित मिति : १६ भदौ २०८२, सोमबार  ६ : ५१ बजे

मधेशका पूर्वअर्थमन्त्री शैलेन्द्र साहसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं। सर्लाहीको बाग्मती म्युनिसिपल पार्क तथा रिसोर्ट निर्माणमा अनियमितता भएको

‘कानुन सुधार वर्ष’ सफल पार्न उच्चस्तरीय समिति गठन

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले घोषणा गरेको

लोकतान्त्रिक परिवर्तनको अगुवाइ राजनीतिक दलबाटै भएको हो : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जनताको अधिकार

अर्ग्यानिक उत्पादनको प्रमाणीकरणको व्यवस्था स्वदेशमै मिलाउन प्रमको निर्देशन

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले अर्ग्यानिक उत्पादनको प्रमाणीकरणको व्यवस्था स्वदेशमै

नेपाललाई ‘ग्रे लिस्ट’ बाट बाहिर निकाल्न सरकार प्रयासरत छ : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपाललाई ‘ग्रे लिस्ट’ बाट