२९ मंसिर २०८२, सोमबार | December 16, 2025

कर्मचारी अवकाश उमेर हद बढाउने प्रस्तावबाट सरकार पछि हट्यो



काठमाडौं । सरकारले निजामती कर्मचारीको अवकाश उमेर हद बढाउने प्रस्ताव फिर्ता लिएको छ। यससँगै संघीय निजामती सेवा विधेयकमा अवकाशसम्बन्धी विवाद समाधान भएको छ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले मंगलबार राष्ट्रिय सभाको विधायन समितिको बैठकमा प्रतिनिधि सभाबाट पारित व्यवस्था अनुसार नै अघि बढ्ने जानकारी दिएकी छिन् । उनले यसअघिको बैठकमा अवकाश उमेर हद तत्कालै ५९ वर्ष बनाउने प्रस्ताव राखेकी थिइन् । त्यसमा प्रतिपक्ष दलका सांसदहरूले आपत्ति जनाएका थिए। त्यसपछि मन्त्री न्यौपानेले आफ्नो कुनै व्यक्तिगत स्वार्थ नभएको र सर्वसम्मत निर्णयमै जाने परम्परा कायम राखिने बताइन्।

यसअघि प्रतिनिधिसभाले ऐन लागू भएको आर्थिक वर्षमै कर्मचारी ५८ वर्षमा अवकाश लिने, अर्को वर्षदेखि ५९ वर्ष र तेस्रो वर्षदेखि ६० वर्षमा अवकाश लिने प्रावधान पारित गरेको थियो । र विधायन समितिमा पनि यहि विषयमा सहमति भएको थियो । तर, मन्त्रीले सो सहमति विपरित नयाँ प्रस्ताव ल्याएको भन्दै प्रतिपक्षी दलका सांसदहरूले असन्तुष्टि जनाएका थिए।

समिति र राष्ट्रियसभामा सरकार अल्पमतमा रहेको छ । कतैबाट पनि आफुले ल्याएको प्रस्ताव पारित हुने अवस्था नदेखेपछि सरकार पछि हटेको हो । अब निजामती सेवा विधेयक मंगलबारै राष्ट्रिय सभामा पेस गरी पारित गर्ने तयारी भइरहेको छ।

प्रकाशित मिति : १७ भदौ २०८२, मंगलबार  १० : ५१ बजे

बाँकेका किस्मत कक्षपतीले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी

खजुरा । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनमा एमाले बाँकेका

एमाले महाधिवेशनमा ओली र पोखरेल प्यानलसहित प्रतिस्पर्धामा (उम्मेदवारको सूचीसहित)

काठमाडौँ । नेकपा एमालेको जारी ११औँ महाधिवेशनमा पार्टीको नेतृत्वका लागि

स्रोत नखुलेको लाखौ रकम सहित व्यवसायी सुनिलकुमार बनियाँ प्रहरी नियन्त्रणमा

नेपालगञ्ज । बाँके प्रहरीले बाँकेको नेपालगन्जबाट स्रोत नखुलेको लाखौं भारतीय

एमालेको महाधिवेशनमा ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आफ्नौ ११औँ राष्ट्रिय महाधिवेशनमा

डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो

काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको