१२ जेष्ठ २०८३, मंगलबार | May 26, 2026

पश्मिनाको गुणस्तर सुधार गर्न किसानलाई खर्कमै तालिम



म्याग्दी । पश्मिनाको कच्चा पदार्थ च्याङ्ग्राको भुवालाई गुुणस्तरीय बनाउन डोल्पाको छार्का ताङसोङ गाउँपालिकाका किसानलाई खर्कको घुम्ती गोठमै पुगेर प्रविधि र सीप हस्तान्तरण गरिएको छ ।

अन्तरराष्ट्रिय व्यापार केन्द्र (आइसिटी) को आर्थिक, भेटेरिनरी अस्पताल तथा पशुु सेवा विज्ञ केन्द्र मुस्ताङको प्राविधिक सहयोग र छार्काताङसोङ गाउँपालिकासँग समन्वय गरेर नेपाल पश्मिना सङ्घको टोलीले समुद्री सतहबाट पाँच हजार मिटर उचाइमा रहेको डेमारको खर्कमा पुगेर किसानलाई सीप सिकाउनुका साथै भुवा निकाल्ने आधुनिक औजार वितरण गरेको हो । बाह्य परजिवीको आक्रमणबाट जोगाउन, शरीरमा भएको भुुवालाई कीटाणुुरहित, स्वच्छ र गुणस्तरीय बनाउन भुुवा निकाल्नुअघि डिपिङ ट्याङ्कीमा च्याङग्राको शरीर डुुबाउने सीप सिकाउन स्थलगत तालिम र भुवा निकाल्न प्रयोग हुने ८५ थान आधुनिक काइयो वितरण गरिएको सङ्घका उपाध्यक्ष चिरञ्जीवी काफ्लेले जानकारी दिए ।

“मुस्ताङ, मनाङ, डोल्पा, मुगु, हुम्लालगायतका किसानले उत्पादन गरेको च्याङ्ग्राको भुवा खरिद गरेर बजारको सुनिश्चितताका साथै पश्मिनाको कच्चा पदार्थ आयात घटाउने अभियानमा छौँ”, उनले भने, “पश्मिनाका लागि उपयुुक्त र गुुणस्तरीय पुष्टि भएको च्याङ्ग्राको भुवाको दिगोपना र गुणस्तरमा ह्रास आउन नदिन १० दिन लगाएर किसानलाई खर्कमै पुगेर सीप र प्रविधि सहयोग गरिएको हो ।”

मुस्ताङ भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख लालमणि अर्यालले छार्काका किसानलाई च्याङ्ग्राको शरीरमा भएको बाह्य परजिवी नष्ट गर्ने विषादी मिसाएको पानी राखिएको डिपिङ ट्याङ्कीमा सुरक्षित तरिकाले डुुबाउने र च्याङ्ग्रालाई नदुख्ने गरेर आधुनिक काइयोको प्रयोग गरेर भुवा निकाल्न सिकाएका थिए । सङ्घले यसअघि गत जेठमा मुस्ताङको वारागुङ मुक्तिक्षेत्र, घरपझोङ, लोघेकर–दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकाका पश्मिना कृषक समूहलाई पनि स्थलगत तालिम प्रदान र भुवा निकाल्ने आधुनिक काइयो वितरण गरेको थियो ।

छार्काताङसोङ गाउँपालिकाका उपाध्यक्ष कर्मा ढोण्डुप र वडाध्यक्ष ढावा लामा गुरुङले मितव्ययी हिसाबले डिपिङ ट्याङ्की बनाउने र प्रयोग गर्नेसम्बन्धी प्राविधिक तालिम किसानका लागि उपभोगी र गुणस्तरीय पश्मिना उपत्पादनका लागि सहयोगी भएको बताए । च्याङ्ग्राको भूवा पश्मिनाका लागि (क) श्रेणीको कच्चा पदार्थ हो । सो क्रममा छार्काका किसानसँग मौज्दात रहेको दुई हजार ५०० किलोग्राम भुवा खरिद गरिएको र मुस्ताङ–डोल्पा सडकको भेरोलसम्म गाडी चल्न थालेपछि काठमाडौं लैजाने व्यवस्था मिलाएर आएको नेपाल पश्मिना उद्योग सङ्घका सदस्य सन्तोषप्रसाद अधिकारीले बताए ।

नेपालबाट विदेश निर्यात हुने प्रमुख वस्तु पश्मिना बनाउन च्याङ्ग्राको भुवा प्रशोधन गराएर बनाएको धागो कच्चा पदार्थका रूपमा प्रयोग हुन्छ । सङ्घका अनुसार नेपालबाट वार्षिक रु छ अर्बको पश्मिना निर्यात हुन्छ । वार्षिक रु पाँच अर्ब मूल्य बराबरको चार सय टन पश्मिना बनाउन आवश्यक पर्ने भुवाको धागो आयात हुन्छ । ठमेल, भक्तपुर, पाटन, सौराह, पोखरा, नगरकोटलगायत पर्यटकीयस्थलमा घुम्न आउने पर्यटकले रु एक अर्ब ५० करोड मूल्यबराबरको पश्मिना किनेर लैजाने गरेका छन् ।

डोल्पा, मुस्ताङ, मुगु, हुम्लाका किसानबाट खरिद गरेर पश्मिनाको कच्चा पदार्थको विदेशबाट आयात घटाउने प्रयास गरेको नेपाल पश्मिना उद्योग सङ्घका अध्यक्ष धनप्रसाद लामिछानेले बताए । उनका अनुसार पश्मिना व्यवसायी आबद्ध नेपाल फाइवर प्रोसेसिङ उद्योगले मुस्ताङको लोमान्थाङमा भुवा सङ्कलन र काठमाडौँमा पश्मिना प्रशोधन केन्द्र सञ्चालन गरेको छ ।

प्रकाशित मिति : १७ भदौ २०८२, मंगलबार  १ : १९ बजे

कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, ३८ जना घाइते

कपिलवस्तु । कपिलवस्तुमा यात्रुबहाक बस दुर्घटना हुँदा ३८ यात्रु घाइते

दिगो पर्यटन प्रवर्द्धनका लागि पञ्चवर्षीय रणनीति

काठमाडौं । नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम

समस्याग्रस्त चार सहकारीका ऋणीको नामावली सार्वजनिक

काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त चार सहकारीका

बागमती प्रदेशसभाको बैठक बस्दै स् नीति कार्यक्रम प्रस्तुत हुँदै

बागमती । बागमती प्रदेशसभामा आज प्रदेश सरकारको आगामी आर्थिक वर्ष

जापानद्वारा बिपी राजमार्गको पिप्ले-बर्खेखोला खण्डको स्थायी पुनर्निर्माण सुरु

काभ्रेपलाञ्चोक । जापानको सहयोगमा बिपी राजमार्गको काभ्रेपलाञ्चोकको पिप्लेदेखि बर्खेखोला सडकखण्डको