२७ फाल्गुन २०८२, बुधबार | March 11, 2026

नेपालसँग श्रम सम्झौता भएका देशहरूमा हुलाक सेवा सम्झौता गर्नुपर्छ : सञ्चारमन्त्री



काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले नेपालसँग श्रम सम्झौता भएका देशहरूमा अनिवार्य रूपमा हुलाक सेवा सम्झौता गर्नुपर्ने बताएका छन् ।

हुलाक सेवा विभागले आज आयोजना गरेको वार्षिक प्रगति समीक्षामा संचारमन्त्री गुरुङले हुलाकको व्यावसायिक सम्भावना ‘पार्सल डेलिभरी’ भएको बताउँदै विदेशमा रहेका नेपालीसम्म यो सेवा विस्तार गर्न श्रम सम्झौता भएका देशमा हुलाक पुग्नुपर्नेमा जोड दिए। पार्सल सेवालाई भरपर्दो बनाउन जरुरी भएको उनले बताए ।

मन्त्री गुरुङले सबै पालिकालाई ‘डिजिटलाइजेसन’ गर्न र ‘स्मार्ट’ हुलाक कार्यालय सञ्चालन गर्न निर्देशन दिँदै भने, “अब हुलाक स्मार्ट हुनुपर्छ, सूचना प्रविधिको अधिकतम उपयोग गरी समयअनुसार रुपान्तरण हुनुपर्छ ।”

सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङले हुलाक सेवालाई प्रभावकारी बनाउन विभागलाई आवश्यक पर्ने पूर्वाधार निर्माण एवं आवश्यकता अनुसार अन्य सहयोग गर्न आफू सधैँ सकारात्मक रहेको बताए ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालले हुलाकको विगतको गौरवपूर्ण गाथालाई आत्मसात् गर्दै हुलाकलाई युगानुकूल बनाउन ऐन, कानुन परिमार्जन थालिएको बताए। हुलाकका प्रशासनिक एवं व्यवस्थापकीय व्यवधान हटाउन आफू सदैव तत्पर रहेको उनले बताए।

विभागका महानिर्देशक मनमाया भट्टराई पँगेनीले हुलाक सेवालाई स्मार्ट बनाउन आफू लागिपरेको बताए ।

त्यस अवसरमा विभागका निर्देशक धव्रराज आचार्यले विभागको गतिविधिबारे जानकारी दिएका थिए ।

प्रकाशित मिति : १७ भदौ २०८२, मंगलबार  ५ : ०० बजे

चालु खाता र शोधनान्तर उच्च बचतमा, १८ महिनाको आयात धान्ने मुद्रा सञ्चिति

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को माघ मसान्तसम्ममा बाह्य

सात महिनामा साढे १२ खर्ब रेमिट्यास भित्रियो, मुद्रास्फीति तीन दशमलव २५ प्रतिशत

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को सात महिनामा विप्रेषण

बिहीबारदेखि मौसमी गतिविधि बढ्ने

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले बिहीबारदेखि मौसमी गतिविधि

मल अभाव हुन नदिन करिब २५ हजार मेट्रिकटन मल पुनः आयात गरिँदै

काठमाडौँ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले चालु आवमा करिब

रास्वपा सभापति लामिछानेविरुद्धको मुद्दामा पूर्ण सुनुवाइ हुने

काठमाडौँ । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि