१० चैत्र २०८२, मंगलबार | March 24, 2026

पहिलो जननिर्वाचित महिला नेत्री प्रधानको स्मरण



काठमाडौँ । मतदानमा महिलाको मताधिकार स्थापित गराउन सफल भएको दिनको सम्झनामा भदौ १७ गतेलाई सदैव स्मरण गरिने भएको छ ।

पहिलो जननिर्वाचित महिला नेता साधना प्रधान र उहाँले महिलाको मताधिकार स्थापित गर्न गरेको राजनीनित सङ्घर्षको प्रतिफलका रूपमा भदौ १७ गतेलाई विशेष दिनका रूपमा मनाउन सुरु गरिएको हो ।

साधना प्रधान पहिलो जननिर्वाचित महिला नेता मात्र नभएर, पहिलो महिला सम्पादक, एसएलसी पास गर्ने पहिलो चार महिलामध्ये एक महिला पनि थिइन् ।

अखिल नेपाल महिला सङ्घ र साधन स्मृति समाजले आज पहिलोपटक साधना प्रधानको सम्झानामा नेपाली महिलाले पहिलोपटक मताधिकार प्रयोग गरेको दिन एवं प्रथम महिला जनप्रतिनिधि साधना प्रधानको स्मरणमा पुस्तक समेत सार्वजनिक गरेको छ ।

पहिलो महिला मुख्यमन्त्रीको जिम्मेवारीमा सम्हाली सकेकी नेकपा (एमाले)का उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले घरको जिम्मेवारी सम्हालेर पुरुषलाई राजनीतिक अभियानमा लाग्न प्रेरित गर्ने महिलाको भूमिकालाई पनि राजनीतिक रूपमा सम्बोधन गर्नुपर्ने बताइन् ।

उनले विवाहपश्चात् साधना प्रधानले घरको जिम्मेवारी सम्हाली दिएकै कारण मनमोहन अधिकारीले राजनीतिको उच्च तहमा पुग्न सफल भएको भन्दै महिलाको त्यो कामलाई पनि राजनीतिक आन्दोलनको रूपमा मूल्याङ्कन गर्नुपर्ने बताइन् ।

विषम् राजनीतिक अवस्थाका क्रममा आन्दोलनको अगुवाइ गरेका दुई महिलालाई सो अवसरमा सम्मान गरिएको छ । विसं २०४३ मा तत्कालीन चम्पादेवी गाउँ पञ्चायत (कीर्तिपुर)मा उपप्रधानपञ्चमा निर्वाचित भवानी रिजाल (भानु) र तत्कालीन इटहरा गाउँ पञ्चायत मोरङका उपप्रधानपञ्चमा निर्वाचित गङ्गा डाँगीलाई सम्मान गरिएको छ । कार्यक्रममा दुई सम्मानित महिला नेताहरूले भूमिगत अवस्थामा आफूहरूले गरेको राजनीतिक सङ्घर्षको स्मरण गरेका थिए ।

नेपाल महिला सङ्घका अध्यक्ष उषा रावतले आफ्नो सङ्गठनले पनि अगुवा राजनीतिक महिलाहरूको दस्तावेज राख्ने काम गरिरहेको उल्लेख गर्दै साधना प्रधानको राजनीतिक जीवनीको किताबले आफूहरूलाई त्यो कामका लागि मार्गनिर्देश गर्ने बताइन् ।

नेकपा (केन्द्र माओवादी) का नेता तथा पूर्वमन्त्री शशि श्रेष्ठले सबै राजनीतिक महिलाहरूको साझा आन्दोलनको परिणामस्वरूप अहिलेको उपलब्धि भएकाले त्यसको रक्षाका लागि सबै दलका महिला एक हुनुपर्ने विचार राखिन् ।

कार्यक्रममा विभिन्न राजनीतिक दलका महिला नेता, सांसद, पूर्वमन्त्री, स्थानीय तहका महिला प्रतिनिधिलगायतका सहभागिता थियो । कार्यक्रममा नेकपा एमाले नेता तथा अनेमसङ्घ इञ्चार्ज सीता पौडेल, काठमाडौँ महानगरपालिकाका पूर्वमेयर विद्या सुन्दर शाक्यलगायतले साधना प्रधानको राजनीतिक जीवनका बारेमा स्मरण गरेका थिए ।

साधना स्मृित समाजका अध्यक्ष शान्ति अधिकारीले भदौ १७ लाई अब प्रत्येक वर्ष दिवसका रूपमा मनाउन, साधना प्रधानको राजनीतिक सङ्घर्षले प्राप्त उपलब्धिको स्मरण गर्न समाजको स्थापना भएको बताइन् । अनेमसङ्घ अध्यक्ष टुकाभद्र हमालले भदौ १७ गते दिवसका रूपमा मनाउने नेतृत्व अनेमसङ्घले लिने प्रतिबद्धता जनाइन् ।

कार्यक्रममा साधना प्रधानको राजनीतिक जीवन समेटिएको पुस्तक साधना विमोचन गरिएको थियो । साधना स्मृित समाजले प्रकाशन गरेको पुस्तकको संयोजन डा विन्दा पाण्डेले गरेकी हुन् ।

प्रकाशित मिति : १७ भदौ २०८२, मंगलबार  ९ : ०० बजे

रास्वपा केन्द्रीय समितिको बैठक आगामी बिहीबार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको नेतासम्बन्धी विषयमा

चितवन राष्ट्रिय निकुञ्जमा सुरक्षार्थ तालिमप्राप्त कुकुर परिचालन

चितवन । चितवन राष्ट्रिय निकुञ्जले सुरक्षाका लागि प्रविधिको प्रयोगमा ल्याएको

रवि लामिछानेसम्बन्धी मुद्दा फिर्ता निर्णयविरुद्ध रिटमा आज पनि सुनुवाइ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

डाँडाखेत-राहुघाट प्रसारण लाइन : तीन करोडभन्दा बढी मुआब्जा वितरण, तारमुनिका जग्गाधनीलाई पनि क्षतिपूर्ति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणद्वारा यहाँ निर्माणाधीन १३२ केभी क्षमताको

पर्वतमा ‘बोलेरो जीप’ दुर्घटनामा चालकको मृत्यु

पर्वत । कालीगण्डकी लोकमार्ग अन्तर्गत फलेवास नगरपालिका-४ मुडिकुवास्थित कुश्मा-फलेवास सडकस्थित