१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

अस्पतालको लापर्वाहीले कोरोना जितिसकेकी महिलाको मृत्यु



वीरगन्ज । अस्पतालमा उपचार गराइरहेका मध्ये गएको सोमबार यता कोभिड अस्पतालमा कसैको मृत्यु नभएको पर्सामा आइतबार एक महिलाको मृत्यु भएको छ ।

कोभिड अस्पतालमा मृत्यु भएपनि उनको कोरोनाले मृत्यु भएको संख्यामा थप हुने अवस्था रहेन । कारण उनको पछिल्लो रिपोर्ट नेगेटिभ आएको छ ।

कोरोना जित्दै गर्दा आइतबार स्थानीय शिक्षिका समेत रहकी उनको कोभिड अस्पतालमा नै मृत्यु भएको हो । दुई पटकको रिपोर्ट पोजेटिभ देखिएको मृतक महिलाको पछिल्लो रिपोर्ट भने नेगेटिभ आएको छ । तर उनको रिपोर्ट नेगेटिभ आउनु पूर्व नै आइतबार दिउँसो २ बजेर ५५ मिनेटमा कोभिड अस्पताल गण्डकमा मृत्यु भइसकेको नारायणी अस्पतालले जनाएको छ ।

रिपोर्ट नेगेटिभ आएपछि उनलाई दाह संस्कारका लागि परिवारको जिम्मा लगाइएको प्रवक्ता डा अतुलेश कुमार चौरसियाले बताए । फोक्सोमा समस्या भई गएको भदौ १२ गते नै अस्पतालमा भनाए भएकी उनको २२ गते भदौमा पनि रिपोर्ट पोजेटिभ नै आएको थियो । त्यस यता गण्डक अस्पतालको आइसियुमा नै उपचार भइरहेकी उनको तीब्र श्वास प्रश्वासको कारण मृत्यु भएको डा चौरसियाले बताए ।

मृतक महिलाको फोक्सोमा पानी जमेको र अक्सिजन जरुरी परिरहेको थियो । ‘अस्पतालका स्टाफले समयमा अक्सिजन नदिंदा संक्रमितमध्ये नै हामी केहीले अक्सिजनको अर्को सिलिन्डर जोडिदिन्थ्यौं’, अर्का संक्रमितले भने । हाम्रो वार्ड परिवर्तन भएपछि भने उनलाई अक्सिजनकै कमीले मृत्यु भएको हुने सक्ने ती संक्रमितले ठोकुवा गरे ।

अस्पतालको पूर्ण लापर्वही हो । पानी र अक्सिजन कुनै पनि उचित व्यवस्था बिरामीलाई थिएन उनले भने । तीनचार दिन अगाडी उनैले स्वास्थ्यकर्मीले चासो देखाएनन् भन्दै ती महिलाले बोलेको कुरा भिडियो बनाई सार्वजनिक गरेका थिए । अहिले महिलाको मृत्यु पश्चात महिलाले गुनासो गरेको पुरानो भिडियो स्थानीयमा भाइरल भएको छ ।

त्यो भिडियोमा अस्पतालका स्वास्थ्यकर्मीले स्लाइनपानी र अक्सिजन दिन लापर्वाही गरेको ती महिलाले बताएकी थिइन् ।

अस्पतालमा बसेका संक्रमितहरुले पनि गण्डक अस्पतालको लापर्वाहीले महिलाको मृत्यु भएको दाबी गरेका छन् । उक्त समाचार आजको राजधानी दैनिकमा छापिएको छ ।

प्रकाशित मिति : ३० भाद्र २०७७, मंगलबार  ७ : ०८ बजे

एक किलो ७६८ ग्राम सुन र एक करोड बढी रकमसहित सात जना पक्राउ

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले एक किलो

प्रधानमन्त्रीसँग एडिबीका उपाध्यक्षको शिष्टाचार भेट

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग एसियाली विकास बैंक (एडिबी)

कृषि मन्त्रालयका सहसचिव बर्खास्त

काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा. कमलराज

विद्युत् बक्यौता राफसाफ गर्न अर्थमन्त्रीसँग मेयर्स फोरमको अनुरोध

ललितपुर । काठमाडौं उपत्यका मेयर्स फोरमले अर्थमन्त्री वर्षमान पुनसँग चालु

मुग्लिन-पोखरा सडकका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधि प्रयोग गरेर पुल बनाइँदै

गण्डकी । निर्माणाधीन मुग्लिन–पोखरा सडकअन्तर्गत पश्चिम खण्डका चार ठाउँमा ‘प्रिकाष्ट’